लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम
लिटल मून इंलिश एकेडेमीका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियमको अवलोकन भ्रमण गरेका छन् ।
बुढानीलकण्ठ २ भंगालमा रहेको यस एकेडेमीका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शुक्रबार शैक्षिक भ्रमण गरेका हुन् ।
एकेडेमी एड्मिनिस्ट्रेटर कोपिला लामिछानेको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले म्युजियम भ्रमण गरेको हो ।
म्युजियम निकै आकर्षक रहेको लामिछानेले बताइन् । आगामी दिनमा पनि एकेडेमीले विद्यार्थीहरूलाई म्युजियमको अवलोकन गराउने प्रतिवद्धता जनाउँदै उनले म्युजियम शिक्षा लिनका लागि समेत उचित गन्तव्य भएको बताइन् ।
भ्रमण टोलिमा कृष्णप्रसाद लामिछाने, निर्मला लामिछाने, दुर्गाकुमारी प्रसाईं, कोपिला लामिछाने, प्रेमकला तिम्सिना, सुरज प्रधान, यशोदा अर्याल सहभागी थिए । साथै प्राथना खतिवडा, दीपशिखा गौतम, माया सिंह, सिता खड्का, सम्झना बस्नेत, हिरा सापकोटा, रामकला धिताल (तामाङ), दुर्गादेवी श्रेष्ठ लगायत म्युजियममा सहभागी थिए ।
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम
राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल
नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम
भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…
प्रतिक्रिया