सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर ।
भक्तपुर नगरपालिका वडा नं ७ स्थित सुर्योदय सेकेन्डरी स्कूलले आफ्नो ४४ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रमसहित मनाएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सवको समारोहमा कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिले देशको निम्ति योग्य विद्यार्थी उत्पादनमा भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयहरुले महत्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै भक्तपुर नपाबाट सञ्चालित कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले देश विदेशमा उत्कृष्टता हासिल गर्दै आइरहेको बताउनुभयो ।
वार्षिकोत्सवको समारोहका अवसरमा विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यले विद्यालयको वार्षिक प्रगति प्रस्तुत र विद्यालयको विविध गतिविधिबारे जानकारी गराउनु भएको थियो । उहाँले सर्योदय स्कुलले विद्यार्थीहरुलाई रु १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको बताउँदैै विद्यालयले समुदायमा आधारित सरसफाइमा नियमित सहभागी हुँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरको शैक्षिक क्षेत्रको उन्नयनमा सुर्योदय विद्यालयको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै समाजवादी व्यवस्थामा शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने बताउनुभयो ।
प्लस टु सकिने बित्तिकै विद्यार्थीहरु विदेशतिर आकर्षित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नगरपालिकाले भक्तपुरमा अध्ययनरत विद्यार्थीहरुलाई ख्वपको पहिचानमार्फत भक्तपुरको पहिचान अध्ययन गराइरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा सभापति मनोजगोपाल कर्माचार्य, भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष राजन कसपाल, विद्यालयका सञ्चालक महेन्द्रगोपाल कर्माचार्य, एभरेष्ट स्कूलका प्रिन्सिपल तथा सुर्योदय स्कूलका पूर्व शिक्षक भक्तराज भण्डारी र प्याब्सनका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठलगायतले कार्यक्रमका सम्बोधन गदैृ विद्यालयको ४४ औं वार्षिकोत्सवको शुभकामना दिदै शिक्षामा गुणस्तर र जिबन उपयोगी शिक्षा प्रणाली बिकास गर्दै भक्तपुरलाई उत्कृष्ठ शैक्षिक गन्तब्य बनाउनु पर्नैमा जोड दिनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले लामो समय विद्यालयमा सेवारत शिक्षक तथा कर्मचारीलाई सम्मान तथा विद्यालयको आयोजनामा भएको अतिरिक्त क्रियाकलाप प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_aARMoerJZ6_5tz2n0ch2rgz01cft99fzkpzaexuhzgajnp5xsljybnawpjvvrkqjrto8weq.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_JTts58aRYJ_y8t73tnhjgxps8fbu1q4jbopahatysm6e60cq1lleqti004g1g1rjjqrxyqx.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_ZJkVzEKhpt_dqonuzymgjv447qe4pfykhknknibevfvbduhckbeg2n5ib4lfnmhlx7wslvl.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_9dhUDdfWIc_mehkkkijad52aw2vc0srybh03bszopuftopa9l3gjpttnoc3q1t2ce7vpxyg.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_5ACFMMR5YY_mx5atgrryuoi9mdjwuice8u6qbeyd8psau53odpvtpun5do1ctbxdryhsnvn.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_Ch3XT4maPI_8yjwo9q6d9g1n33crp9eqtm7vfyrut09sx3kwwk4zaii3ti3eeowqzd40z0v.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_Wocr27XfPF_gllpiqvpgtl1havq3ork7reka7knu4xcwdasw7fmqcbgzocmnvkjxwhasgdt.jpg)
प्रतिक्रिया