बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

भक्तपुर ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं। ६ स्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको २६ औं वार्षिकउत्सव अभिभावक दिवस, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रमसहित मनाएको छ। विद्यालयले राष्ट्रीयगानका रचनाकार प्रदिप कुमार राई ‘व्याकुल माइला’ प्रमुख अतिथ्यतामा भक्तपुरको भत्केपाटी स्थित ख्वपः बैङ्क्वैटमा २६ औं वार्षिकउत्सव समारोह भब्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि व्याकुल माइलाले सम्पूर्ण विद्यार्थीले आफूमा राष्ट्रप्रेमको भाव विकास गर्नुपर्नेमा बताउँदै गत वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत प्रदान गर्दै देशप्रेमलाई व्यवहारमा उतार्न अनुरोध समेत गर्नु भएको थियो ।
कार्यक्रममा मनोवैज्ञानिक परामर्शदाता डा। रविन कटवालले अभिभावक शिक्षाबारेमा अभिमुखिकरण प्रस्तुत गर्नु भएको थियो । ‘संस्कार सहितको शिक्षा’ विषयक अभिभावकीय शिक्षा कार्यक्रमका साथ सम्पन्न सो कार्यक्रमले अभिभावकहरुलाई मन्त्रमुग्ध बनाएको थियो । बालबालिकाहरूको असल हेरचाह कसरी गर्ने भन्ने विषयमा जानकारी दिन र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्ने उद्देश्यका साथ विद्यालयले वार्षिकोत्सवसँगै अभिभावक शिक्षा कार्यक्रमलाई जोडेको हो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल जिबी खड्काले विद्यालयको प्रगति प्रतिवदेनका साथ विद्यालयको भावी योजना प्रस्तुत गर्नुभएको थियो। त्यस्तै विद्यालयकी शिक्षिका अनिता थापालाई नियमित शिक्षकको सम्मान प्रदान गरिरएको थियो ।
नेशनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शंम्भु अधिकारी, महासचिव प्रकाश चन्द्र खड्का, काठमाण्डौका अध्यक्ष अमृत खडका तथा भक्तपुरका अध्यक्ष संजय खड्का उपस्थित कार्यक्रममा एस।इ।इ। २०८० का विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुद्वारा नृत्य तथा गायनहरू प्रस्तुत गरेका थिए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_aARMoerJZ6_5tz2n0ch2rgz01cft99fzkpzaexuhzgajnp5xsljybnawpjvvrkqjrto8weq.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_JTts58aRYJ_y8t73tnhjgxps8fbu1q4jbopahatysm6e60cq1lleqti004g1g1rjjqrxyqx.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_ZJkVzEKhpt_dqonuzymgjv447qe4pfykhknknibevfvbduhckbeg2n5ib4lfnmhlx7wslvl.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_9dhUDdfWIc_mehkkkijad52aw2vc0srybh03bszopuftopa9l3gjpttnoc3q1t2ce7vpxyg.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_5ACFMMR5YY_mx5atgrryuoi9mdjwuice8u6qbeyd8psau53odpvtpun5do1ctbxdryhsnvn.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_Ch3XT4maPI_8yjwo9q6d9g1n33crp9eqtm7vfyrut09sx3kwwk4zaii3ti3eeowqzd40z0v.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_8Af2lzqsBV_brgmzlayhder0ubxlpghaiefxezbffghn3uw8a5nqsz4gosyxl9ilbcaovmh.jpg)
प्रतिक्रिया