गुणस्तरीय शिक्षाको जानकारी दिन शैक्षिक मेलाको आयोजना

????????????????????????????????????

काठमाडौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान )ले जेठ २७ देखि ३० गतेसम्म राजधानीमा दशौं बृहद शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

   इक्यानले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्व ग्लोबल भिलेजको रुपमा परिवर्तित भईरहेको बर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवम अवसर जस्ता विषयमा प्रर्याप्त सूचना प्रवाह गर्नुका साथै शैक्षिक सस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रबृत्ति, सुविधा एवम गुणस्तरीय शिक्षाको विषयमा नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिईयो ।

  नेपाल र विदेशका २२५ शैक्षिक संस्थाहरुको स्टल रहने मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिय, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस र डेनमार्क लगायतका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागिता रहने संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

  अध्यक्ष  पाण्डेले मेलामा विभिन्न मुलुकका शैक्षिक स्थितीसहित अमेरिका, अष्ट्रेलिया, यूरोपियन यूनियन, न्यूीजिल्यान्ड हाइ  कमिसन र अमेरिकाले भिषा लगायतका विषयमा गरेको नयाँ ब्यवस्थाको विषयमा समेत जानकारी गराईने बताए ।

प्रतिक्रिया

सम्बन्धित