कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित

sambidhan savaकाठमाडौं : अर्थमन्त्रिले बजेट पेश गर्नु अगावै बजेट सार्वजनिक गरेर संसदको अपमा न गरेको भन्दै नेपाली काँग्रेसले ब्यवस्थापिका संसद बैठकमा अवरोध पुर्‍याएको छ। सोमबार बसेको व्यवस्थापिका संसदमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थ मन्त्री रामशरण महतले बजेट सार्वजनिक हुनु अगाडि नै बजेट समम्बन्धी सबै सूचना संचारमाध्यम आएको भन्दै त्यसको सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेका छन् । बजेट जस्तो संवेदनशिल र गोप्य कुरालाई संचार माध्यमहरुलाई सूचना दिएर संसदको अपमान भएको भन्दै काँग्रेसले संसद अवरोध गरेको हो। व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सदनको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद डा महतले सदनमार्फत सार्वजनिक हुनुपर्ने बजेट पत्रिकाबाट आएको र त्यसबाट संसद्को मानहानि हुनुका साथै विशेषाधिकारसमेत हनन भएको बताए । एक दिनअघि नै समाचारपत्रमार्फत बजेटका सबै महत्वपूर्ण सूचना एवम् जानकारी चुहाउँदा शेयरबजारमा आएको उछालले आर्थिक क्षेत्रमा नकारात्मक असर परेको उनको भनाई छ । उनले गोपनीयताका साथ तयार हुने र सदनमा प्रस्तुत केही घन्टाअघिमात्र मन्त्रिपरिषद्लाई जानकारी दिइने गरेको प्रचलित मान्यताविरुद्ध सूचना चुहाइएको भन्दै छानबिनको माग गरेका हुन् । पत्रिकामा आएको तथ्य र बजेटमा रहेका कुरा एकै रहेकाले छानबिन समिति गठन गर्नु पर्ने काँग्रेसको माग रहेको छ। छानविन समिति गठन नभएसम्म काँग्रेसले संसद चलन नदिने बताएको छ। कांग्रेसको विरोधपछि सभामुख ओनसरी घर्तीले आधा घण्टाको लागि संसद बैठक स्थगित गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित