१० करोड फिरौती बुझाएर केडिया छुटेको दाबी

kediyaaकाठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ( सिअाइबी ) र  भारतीय प्रहरीले फिरौती नबुझाईकन वीरगन्जका उद्योगी सुरेश केडिया भारतको मोतीहारीबाट आइतबार अपहरणमुक्त भएको  दाबी गरिरहँदा भारतीय अनलाइन आजतक (http://aajtak.intoday.in/story/nepali-businessman-suresh-kedia-kidnapping-case-rupees-10-crore-has-been-sent-for-ransom-through-hawala-1-871511.html ) ले भने  अपहरणकारीलाई    १० करोड फिरौती बुझाएर केडिया छुटेको दाबी गरेको छ ।

 केडिया बाराको बघवनबाट गत बिहीबार अपहरणमा परेका थिए ।  केडिया परिवारका सदस्यको हवाला दिँदै आजतकले काठमाडौंबाट उक्त रकम मुम्बई पुगेपछि अपरहणकारीले केडियालाई मोतिहारीको एक गाउँमा  छाडेको समाचार लेखेको छ ।

  प्रहरी सुत्रलाई हवाल दिँदै  आजतकले उक्त रकम सुरेशका दाजु  विमल केडियाले काठमाडौंमा बसेर जुटाएको उल्लेख गरेको छ  ।  भारतीय प्रहरीले केडियालाई अपहरण गर्ने बब्लु दुबे समूहका पाँचजनालाई पक्राउ गरेको छ । उनीहरू नेपाली नै भए पनि परिचय भने प्रहरीले गोप्य राखेको छ ।

 केडियाको अपहरणमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी, अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने गोलीसहितको म्याग्जिन पनि बरामद गरेको छ । केडियाको खोजी गर्ने क्रममा भारतीय प्रहरीले गत शुक्रबार राति नै अपहरणकारीले प्रयोग गरेको गाडी कटौवा गाउँमा फेला पारेको थियो । सोही गाडीको आधारमा प्रहरीले केडियालाई बन्धक बनाएर राखिएको घरको पहिचान गरेको दाबी गरिएको थियो  । तर, आजतकले १० करोड फिरौती बुझाएर केडिया छुटेको समाचार प्रकाशित गरेपछि घटनाले नयाँ मोड लिएको छ  ।रक्सौलमा  आयोजित पत्रकार सम्मेलनमा  बेतियाका   एसपी विनय कुमार र  मोतिहारीका  एसपी जितेंद्र राणाले केडियाले फिरौती नबुझाएको   दाबी गरेकै बेला   अपहरित  उद्योगपतिले  प्रहरीकै  सामुन्ने  अपहरणकारिले  आँखामा  काला चश्मा लगाइ दिएर  एक स्थानमा  छाडेका थिए,  त्यसको केही समयमा प्रहरी आएर लिएर गएको हुँदा फिरौती बुझाएर मात्र यो सम्भव भएको आजतकले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित