झण्डै ६ करोडको कोकिन सहित एक पक्राउ

kokinकाठमाडौं : नेपालमा बढिरहेको लागू औषधको अबैध कारोबारीविरुद्ध कडा रुपमा उत्रिएको लागू औषध ब्यूरोले एक साताभित्र साढे पाँच किलो कोकिनसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोले आइतबार ३ किलो कोकिन सहित चिनियाँ नागरिक पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा व्यूरोले ठमेलमा लागू औषध कोकिनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । दुईदिनअघि मात्रै ठमेलबाटै कोकिन लिँदै गर्दा चिनियाँ महिला दोङदोङ पक्राउ परेकी थिइन् । केही दिन अघि मात्रै ब्यूरोले २ किलो ६ ग्राम कोकिन सहित भारतीय नागरिक तोहिद खान, नाइजेरियाली महोम्मद डोबा, भेनेजुयाली एम्रिस कार्मिन र नेपाली दिलबहादुर गुरुङलाई पक्राउ गरेको थियो । तस्कर समूहले विभिन्न देशबाट कोकिन काठमाडौं भित्र्याउने र सोहि कोकिन चिनियाँ नागरिकले लिएर स्थल मार्ग हुँदै केरुङ नाकाबाट चीनको ल्हासा पुर्‍याउने गरेको ब्यूरोको अनुसन्धानबाट खुलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित