नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै
काठमाडौं ।
आज नव वर्ष अर्थात विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ । नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गते नयाँ वर्षकोरुपमा मनाइँन्छ ।
आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष सङ्क्रान्तिका दिन नयाँ वर्षको पहिलो दिन मान्ने प्रचलन छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।
बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
बैशाख १ गते नव वर्ष मान्ने चलन नेपालमा मात्र नभई भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि आजको दिन नयाँ वर्ष मनाइन्छ ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया