विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हुने

भक्तपुर ।
भक्तपुर जिल्लाभित्रका विद्यालयमा लागु गर्ने गरि योगाभ्यास पाठ्यक्रमलाई अन्तिम स्वरुप प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको विशेष उपस्थितिमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कमला ज्ञवाली,जिल्ला आर्युवेद कार्यालय भक्तपुरका प्रमुख डा. नदन कडेंल, योग जिल्ला समन्वय समिति भक्तपुरका संस्थापक अध्यक्ष बालमुकुन्द सुवाल, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, योग विशेषज्ञद्धय डा. क्षितिज बाराकोटी एवं डा. आनन्द गैरे,नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष दधीराम गेलाल,भक्तपुर जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी नयन सिंह धामी लगायत जिल्लाभित्रका यौगिक संघसंस्थाका प्रतिनिधिहरुको रोहवरमा बसेको विशेष भेलामा प्रारम्भिक योगाभ्यास पाठ्यक्रम उपर छलफल गरिएको थियो ।
भेलाले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल प्रमुख सल्लाहकार रहने गरि तत्काल योगाभ्यास पाठ्यक्रम तयारीको निमित्त योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजुको अध्यक्षतामा सदस्य सचिव राष्टिय योग ध्यान आरोग्य सञ्जालका महासचिव एवं योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नबराज काफ्ले रहने गरि ९ सदस्यीय योगाभ्यास पाठ्यक्रम तयारी समिति समेत गठन गरिएको छ ।
सदस्यहरुमा शिक्षा विकास तथा समन्वय समिति ईकाई प्रमुख कमला ज्ञवाली, जिल्ला आर्युवेद कार्यालय भक्तपुरका प्रमुख डा।नदन कडेंल,योग विशेषज्ञद्धय डा।क्षितिज बाराकोटी एवं डा। आनन्द गैरे,नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष दधीराम गेलाल,भक्तपुर जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी नयन सिंह धामी रहनुभएको समिति सर्वसम्म चयन गरेको योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नबराज काफ्लेले बताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा केहि दिन अगाडी बसेको वैठकबाट योग जिल्ला समन्वय समिति भक्तपुरका मानार्थ सदस्य बालमुकुन्द सुवालको संयोजकत्वमा तयार पारिएको प्रारम्भिक योगाभ्यास पाठ्क्रमलाई संशोधन सहित उल्लेखित समितिले अन्तिमस्वरुप प्रदान गरेको थियो ।
शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कमला ज्ञवालीले हाल विभिन्न मागहरु राख्दै शिक्षकहरु आन्दोलनमा रहेको कारण दर्शाउदै शिक्षकको आन्दोलनको विश्राम पश्चात भक्तपुर जिल्लाभित्रका शिक्षकहरुलाई अभिमुखीकरण गर्दै सो योगाभ्यास पाठ्यक्रम लागु हुने बताइन ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_7zpxeISIPG_ljhchxcwxsvnh5xg6ebe2sb04vjbewfrh6uxhgkcvazstdesmdxyb1mrzueh.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_heQl1Baglh_t4zwuzpxaqza7aydf1ckkqkuxerbihampj9w0sy0e9j8utzhzsakchrwomo4.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_6AI0HlJNcZ_cro53hg0vd1pte1zahbhotr7epgrrzapsqfqp4kqisdla3uuqcx7mzv3tufw.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_CObvL7mUvT_pszb5cldv6udxjoy6fxeh128wwwcowvyxhub20jm1vj1gozgzbmmhfpqiggg.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_QsaV2JtGSO_kcd138kibu8hfphgbgklcha0tclxus2bxgsmv2e8bhzy3tlgmdqw4d6meszd.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_iiB0tN2N7u_ewueuno7iail7xkf3ybhrnes2uyxuuakejbpbbtmo982m0xbf1zn5s11a7sr.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_lWEwOYaFTX_gpnwy1hbkevvsdqzzis5lnvevkxkrewmit71pdutxqantkdmhf5ul74ta13x.jpg)
बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन् : राजेन्द्र श्रेष्ठ
%2520(20)_MVtiMcMqbz_wr5xdkklprtc7o5jtct9lt8zuuhv2orcopjnezzsflld61cti0scdwp5ixjt_DHlfOVansl_jqej9zl4dxkhw3gwsrconavtuqrvkaqipk3uiwv2k8kscjwdm6pnmq0tcyxk.jpg)
प्रतिक्रिया