एक महिनामा ५ सय ८२ ट्याक्सी कारबाहीमा

Print

काठमाडौं । महानगरिय  ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने र   मिटरमा जान नमान्ने  ट्याक्सीविरुद्ध  अप्रेसन सुरु गरेको छ । काठमाडौं उपत्यकामा एक महिनामा ५ सय ८२ ट्याक्सी कारबाहीमा परेका छन्।

  महाशाखाका अनुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४ सय ६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन् ।

   ट्राफिक नियम कडाईका साथ पालना गराउन ट्राफिक प्रहरी महाशाखा  सक्रिय भएको छ ।यो कारवाहीको डाटा  बैशाख ७ बाट जेष्ठ ७ सम्मको रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित