एसएसपी आफै खट्दा आन्दोलन शान्तिपूर्ण

bikram thapaकाठमडौं । संघीय गठबन्धनले गरेको राजधानी केन्द्रित आन्दोलनमा प्रहरीको संयमताले टुटफुट बाहेक कुनै ठूला अप्रिय घटना भएको छैन । प्रहरीको संयमताका साथै भीडको मनोविज्ञान बुझेका कारण दुबैतर्फ कुनै क्षती नभएको महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । संघिय गठबन्धनले गरेको आन्दोलन स्थलमा एसएसपी थापा आफै सक्रियताका साथ खटिएका थिए । सिंहदरबार र बालुवाटार घेराउका क्रममा टुटफुट बाहेक ठूला घटना नभएको प्रहरीले जनाएको छ ।

 २२ दलीय दलहरु सम्मिलित संघीय गठबन्धनले जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ । देशको मुख्य प्रशासनिक केन्द्र घेराउ गरेका मधेसवादी तथा जनजाति पार्टीहरुले बालुवाटारमा धर्ना दिएका थिए ।

  ‘भीडको गति कता जाँदैछ भन्ने अनुमान गरेर नै त्यहीअनुसार प्रहरी परिचालन गरिएको हुँदा आन्दोलनमा कुनै अप्रिय घटना हुन दिइएको छैन ।’ एसएसपी थापाले थप बताए । त्यसो त प्रहरीले आन्दोलनकारीमाथि अहिलेसम्म बल प्रयोग गरेको छैन भने एसएसपी थापाले संयमित भएर खट्न मातहतका निकायलाई निर्देशन दिएका कारण आन्दोलन शान्तिपूर्ण नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित