ट्राफिक प्रहरीको जरिवाना शुल्क बृद्धि बिरुद्द चक्का जामको घोषणा

काTrafic-Police-On-Dutyठमाण्डौं । ट्राफिक प्रहरीले जरिवाना शुल्क बृद्धि गरेर यातायात मजदुरलाई आर्थिक शोषण गर्न खोजेको आरोप लगाउदैं यातायात सम्बद्ध चार वटा संगठनले जेठ १३ गते चक्काजामको घोषणा गरेका छन् । न्युनतम ५ सय, त्यसपछि १ हजार र १५ सय रुपैया जरिवाना गर्ने गरि सवारी ऐनको ऐन संशोधन गर्दै जेठ १ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना रसिद काट्न सुरु गरेपछि मजदुर संगठन आन्दोलनमा उत्रिएका हुन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघले संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिने घोषणा गरेका हुन् । जरिवाना बापत चालकहरुबाट असुल्ने रकमको १५ प्रतिशत कमिशन रकम जरिवाना लिने ट्राफिक प्रहरीले पाउने भएकाले गलत तरिकाबाट ऐन संशोधन गरेर जरिवाना शुल्क बृद्धि गरी कमिशनको राशी समेत बढाउने उदेश्यले ट्राफिकहरु परिचालित भएको संगठनहरुले आरोप लगाएका छन् ।  उनीहरुले विज्ञप्ती प्रकाशित गरी जरिवाना पुरानै कायम नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् । साथै उनीहरुले सरोकारवालाहरुसंग सहकार्य नै नगरी एकलौटी तरिकाले ट्राफिक प्रहरीले जरिवाना लादेको गुनासो गरेका छन् ।

   ट्राफिक नियम उलंघनका घटना नियन्त्रण भन्दै जरिवाना बृद्धि गरिएको भएपनि भौतिक पूर्वाधारहरुको विकास र सडक प्रयोगकर्ताहरुको चेतना अभिवृद्धि गर्ने कार्यक्रम नगरी जरिवाना वृद्धि गरी मजदुरहरुबाट आर्थिक शोषणले मात्र समस्याको समाधान हुन नसक्ने संगठनहरुले जनाएका छन् । पहिलो चरणको कार्यक्रम अनुसार उनीहरुले जेठ २ गते बाट जरिवाना रसीद को अवज्ञा , जेठ १० गते देशव्यापी माईकि³ र पर्चा वितरण, ११ गते बसपार्कमा विरोध सभाहरु र १३ गते चक्का जामको कार्यक्रम गर्ने जनाएका छन् । प्रथम चरण बाट पनि राज्य बाट सुनुवाई नभएमा अनिश्चीत कालीन रुपमा सवारीसाधन ग्यारेज थन्काइने नेपाल यातायात मजदुर संघका महासचिव धर्मराज भण्डारीले बताउनुभयो । त्यस्तै एमाले आबद्ध संगठन का महासचिव भिमज्वाला राईले हामीले धेरै धैर्य गरयौ तर राज्य ले यातायात मजदुर का समस्याका बारेमा कुनै प्रकार को चासो नराखेको ले यो समस्या आएको बताउनु भयो ।

 विज्ञप्तीमा नेपाल यातायात मजदुर संघका महासचिव धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका महासचिव राजेन्द्र शर्मा र अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका सचिव सुर्य तमाङ ले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित