अदालतको नाममा कमलपोखरीका डिएसपीको यो हर्कत

dsppanditकाठमाडौं । नेपाल प्रहरीका केही अधिकृतहरु बढिरहेको हत्या, हिंसा, भ्रष्टाचारलगायत आपराधिक क्रियाकलापहरुलाई कम गर्न खटिरहेका बेला प्रहरीकै केही अधिकृत भने घुस काण्डमा मुछिएको खबर प्राप्त भएको छ । प्रहरी अधिकृत नै घुस काण्डमा मुछिएपछि अब सुरक्षा कसले दिने भन्ने चिन्ता पनि बढ्दै गएको छ । यो घटनापछि देशमा बढिरहेको अशान्ति र सुरक्षा संवेदनशिलताप्रति सम्बन्धित निकायहरुले चासो र चिन्ता व्यक्त गरेका छन् । महानगरिय प्रहरी बृत्त कमलपोखरीका प्रमुख डिएसपी घुस काण्डमा मुछिएका हुन् । गत चैत्र १ गते बागबजारमा भएको झगडाका क्रममा पक्राउ परेका नरेन्द्र पण्डितको मोवाइललगायतका सामान डिएसपीले फिर्ता नगरेपछि उनी विवादमा परेका हुन् ।

  पक्राउ परेका पण्डितको साथबाट प्रहरीले नक्कली लाइसेन्स, एटिएम कार्ड बरामद गरेको थियो । सोहि घटनालाई आधार बनाएर प्रहरीले किर्ते गरेको भन्दै पण्डितलाई मुद्दा चलाइयो । तर, पण्डित २२ औं दिनमा जिल्ला अदालत काठमाडौंबाट ८ हजार धरौटिमा छुटे ।धरौटि बुझाएर छुटेका पण्डित आफू पक्राउ पर्दा प्रहरीले लिएको मोवाइल, घडी, मोडरसाइकल र पर्स लिनका लागि प्रहरी बृत्त पुग्दा मोटरसाईकल बाहेकका अन्य सामान भने अदालतमा बुझाइएको भन्दै प्रहरीले दिन मानेन । पण्डित फेरि अदालत पुगे ।

 अनी उनलाई बल्ल थाहा भयो कि अदालतमा ति सामान पेश गरिएकै थिएन । उनी पुनः कमलपोखरी प्रहरीमा आएर सामान माग्दा मुद्दा शाखाका हवल्दार अर्जुन महराले मोटरसाइकलको ब्लु बुक आफैसँग रहेको तर दिन नमिल्ने र मोवाइल डिएसपी साबले चलाउनु भएको छ भन्दै उनलाई फर्काए । पण्डितकी श्रीमती पटक–पटक धाउँदा समेत अझै ति सामान पाउन सकेकी छैनन् । डिएसपी लोकेन्द्र श्रेष्ठको यो हर्कतले पण्डित परिवारले मात्र होइन स्थानीयबासीले समेत विभिन्न बाहनामा दुःख झेल्नु परिरहेको छ ।

  डिएसपी श्रेष्ठ यस अघि पनि पटक–पटक घुस काण्डमा मुछिदै आएका अधिकृत हुन् । स्रोतका अनुसार कमलपोखरी मातहतमा रहेका प्रहरी विटहरुले समेत विभिन्न पेट्रोल पम्पमा गएर निशुल्क तेल हाल्ने तथा र व्यापारीहरुलाई गुण्डागर्दी शैलीमा धम्क्याएर हप्ता असुल्दै आएको बताइएको छ । अझै मुख खोल्न नसकेका स्थानीयबासीहरु यतिबेला एक जुट भएर सम्बन्धित निकायको ढोका ढकढक्याउने पुग्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित