अर्याललाई हटाएर कस्लाई बनाइदै छ आईजीपी ?

Upendra-kanta-aryalकाठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन लागिएको  हल्लाले एक साता देखी बजार तताएको छ  । कुनै कारणबिना आइजीपी अर्याललाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष  पुष्पकमल दाहालबीच सहमति भएको भन्दै बजार हल्ला चलेपछि प्रहरी संगठनमा रडाको मच्चिएको हो । संगठनलाई भ्रष्टाचार मुक्त र राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन प्रयास गर्दै आएका अर्याललाई हटाएर एआईजी सुरेन्द्रबहादुर शाह, प्रतापसिंह थापा र राजेन्द्रसिंह भण्डारी मध्य एकलाई आइजीपी बनाउन लागिएको हल्ला  यस अघि पनि नचलेको होइन ।

  आईजीपी अर्याललाई हटाउने रणनीति बमोजिम  संसदको सार्वजनिक लेखा समितिले  पटक पटक पत्र काट्नु तथा  प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच अर्याललाई हटाउन सहमति भएका कारण बजार हल्ला यथार्थमा परिणत हुन सक्ने  उच्च श्रोतहरुको भनाइ छ   । लेखाले  तीन वर्षमा भएको खरिद सम्बन्धि सम्पूर्ण निर्णयको प्रतिलिपी, दरररेट र तुलानात्मक विवरण मागेको छ ।

 तर, यसमा अर्यालको कुनै संलग्नता  नभएको हुँदा उनलाई दोशी देखाउन कठिन हुने देखिन्छ   ।  मन्त्री परिषदले कुनै कारण बिना अर्याललाई हटाएर अरु कसैलाई आइजीपी बनाएको खण्डमा चौतर्फी बिरोध हुने  हुँदा  आइजीपी हटाउने खेल त्यती सहज भने पक्कै छैन  ।   आईजीपी अर्यालले  सबैभन्दा चुनौती ठानेका एआईजी सुरेन्द्रबहादुर शाह र लेखा समितिका  सभापति जनार्दन शर्मा ‘प्रभाकर’ मिल्ने साथी हुन  ।

  आईजीपीको दौड हुँदा शाहलाई आईजीपी बनाउन एमाओवादीभित्र लबिङ गर्ने प्रमुख व्यक्ति जनार्दन नै थिए । लेखा समितिमा पर्दा पछाडिका खेलाडी एआईजी राजेन्द्रसिंह भण्डारी पनि रहेको हुँदा अर्याल लेखा समितिमात्र नभई एआईजीहरुकै घेराबन्दीमा पर्दै आएका छन्  । आइजीपी अर्यालको कार्यकाल अझै नौ महिना बाँकी छ ।

  कार्यकाल पूरा गर्न नदिई उनलाई हटाएर आईजीपी हुने दाउमा अन्य एआईजी पनि छन् । जसमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह, बिज्ञानराज शर्मा,प्रतापसिंह थापा लगायत छन् । तर, अहिले  प्रधानमन्त्री ओलीका उमेद्वार एआईजी प्रतापसिंह थापा र दाहालका उमेद्वार सुरेन्द्र बहादुर शाहबीच चर्को प्रतिस्पर्धा चलेको बताइन्छ  । त्यसो त, प्रहरीमा ठाडो राजनीति भित्र्याउने श्रेय वामदेव गौतमलाई जान्छ । पहिलोपटक गृहमन्त्री हुँदा ०५३ सालमा ३६ दिनमै अच्युतकृष्ण खरेललाई आइजीपीबाट हटाएर उनले अस्थिरताको जग बसालेका थिए ।खरेललाई  हटाएर धु्वबहादुर प्रधानलाई  आइजीपी बनाउँदा  संगठनमा गुटबन्दी र राजनीतिकरण बढेको थियो  ।  प्रहरीको इतिहासमा एकै पटक दुइ आईजीपी बन्ने अवस्था त्यहींबाट सिर्जना भयो  ।  जसले गर्दा प्रहरीभित्रै खरेल समर्थक र प्रधान समर्थक गुट निर्माण हुनपुगे । तर , सर्वोच्चबाट मुद्दा जितेर आएपछि खरेलले  धु्वबहादुर प्रधानको समुहलाई निकै पेलेका थिए  । त्यतीबेला अहिलेका आईजीपी अर्याल उनै खरेलका पीए थिए  भने अहिले सरकारमा एमालेकै हालिमुहाली छ  । अहिले अर्याललाई हटाएर आईजीपी बन्न सफल हुनेले प्रधानमन्त्री , गृहमन्त्री वा प्रचन्डको छायाँ मात्र देखिरहने पक्का छ  ।

प्रतिक्रिया

सम्बन्धित