दशौं शैक्षिक मेला गर्दै इक्यान

ecannकाठमाडौं । एजुकेशन कन्सलटेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आगामी जेठ २७ देखि ३० गतेसम्म चारदिने वृहत शैक्षिक मेला गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा सम्पन्न हुने मेलाको व्यवस्थापन वान अप इभेन्ट्स एण्ड मिडिया सोलुसन प्रालिले गर्ने इक्यानले जनाएको छ ।

 मेलामा करिव २२५ वटा स्टल रहने छन् भने करिव ५० वटा स्टलमा विदेशी कलेजहरुले सहभागिता जनाउने छन् । त्यस्तै करिब डेड दर्जनको संख्यामा राखिने प्याभिलियन स्टलमा बुकिङ सुरु भइसकेको छ ।

  मेलाका बारेमा नेपालमा रहेका विभिन्न मुलुकका राजदुतावासले समेत निकै चासो दिएपछि व्यवस्थापन पक्ष पनि सक्रिय भएर मेलालाई सफल बनाउन लागि परेको छ । मेलामा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिले समेत सहभागिता जनाउने मेलाका संयोजक रमेश वाग्लेले बताए ।

 मेला अवधिभर दुई लाख भन्दा बढिले अवलोकन गर्ने लक्ष्य लिइएको पनि वाग्लेले बताए । अष्टेलियाले भिसा प्रकृयामा नया“ नीति लागु गर्ने भएकाले पनि त्यसबारेमा विद्यार्थीहरुले पहिलोपटक मेलामार्फत पूर्ण जानकारी पाउने हुँदा  विद्यार्थीहरुको संख्या बढ्ने वाग्लेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित