ठगी मुद्दामा करातेका डन सिवाकोटी पक्राउ

kedareकाठमाडौं । राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिने भन्दै लाखौं  ठगी गरेको आरोपमा कराते महासंघका  महासचिव केदार बावु सिवाकोटी पक्राउ परेका छन् ।  सिवाकोटीले बारा निजगढका प्रकाश श्रेष्ठलाई राष्ट्रिय अनुसन्धान बिभागमा असइ पदमा जागिर लगाइदिने भन्दै ७ लाख ५० हजार ठगी गरेको भन्दै महानगरिय प्रहरी परिसर टेकुमा उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान भैरहेको एसएसपी बिक्रमसिंह थापाले बताए ।

   पछिल्लो समयमा गुमनाम जस्तै बनेका करातेका डन सिवाकोटीले श्रेष्ठसँग लिएको पैसा फिर्ता माग्दा एक बिबादास्पद  मेनपावर  ब्यबसायीलाई अनुसन्धानको डिएसपी खडा गरेर श्रेष्ठलाई ज्यान मार्नेसम्मको धम्की दिएको  प्रहरीले जनाएको छ । प्रहरीले उनलाई ठगी मुद्दामा कारवाही थालेको छ  ।

 सिवाकोटीलाई छुटाउन केही बिबादस्पद मेनपावर ब्यवसायीहरुले परिसरमा चलखेल गरेको प्रहरी श्रोत बताउँछ । काठमाडौंका महँगा रेस्टुरेन्ट र होटेलमा खाएको बिल नतिरी प्रहरीका उच्च अधिकारीसँग भेटिने सिवाकोटी ठगी मुद्दामा एसएसपी थापाको फन्दामा परेका हुन   ।

 

प्रतिक्रिया

सम्बन्धित