हुण्डी अखडामा प्रहरीको छापा

काठमाडौं। राष्ट्र बैंकको कडाइ पछि महानगरीय अपराध महाशाhunखाले अवैध रुपमा हुण्डी कारोबार हुने स्थानहरुमा छापा मारेको छ।काठमाडौंको खिंचापोखरी र पशुपति प्लाजाबाट हुण्डी कारोबार गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। प्रहरीले छापा मारेर १ करोड ७४ लाख ७७ हजार रुपैयाँ बरामद गरेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए।

   पशुपति प्लाजामा सुरेन्द्र गोयलले अवैध रुपमा हुन्डी कारोबार गर्दै आएको स्थानमा पनि छापा मारेको एसएसपी सर्वेन्द्र खनालले बताए। प्रहरीले गोयलको कार्यालयबाट १ लाख भारतीय रुपैयाँसमेत बरामद गरेको छ।

   गोयलसहित शंकर अग्रवाल र अरुण अग्रवाल पनि पक्राउ परेको एसपी सहकुल थापाले जानकारी दिए। उनीहरुले पशुपति प्लाजामा कपडा र इलेक्ट्रोनिक्स पसल खोलेर हुण्डी कारोबार गर्ने गरेको उनले बताए। हुण्डी कारोबार गर्ने राजकुमार श्रेष्ठ, आङफुर्वा शेर्पा, अर्जुन कँडेल, निरज कँडेल र डिल्लीराम बस्नेत पनि पक्राउ परेका छन्। सत्यप्रकाश शर्मा, उदयकुमार शर्मा, दिलबहादुर कुँबर, नबिन भट्ट र समिर श्रेष्ठ लगायतकालाई पक्राउ गरिएको उनले बताए। महानगरीय प्रहरी वृत्त लैनचौरले सोमबार न्यूरोडकै हुण्डी अखडामा छापा हानी दुर्गा बहादुर श्रेष्ठ लगायत तीन जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित