साइट हिट गर्ने नाममा गगन बिरुद्द फोहोरी खेल

nepalsकाठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाको भनाइ भन्दै नेपाल सन्देश डटकममा प्रकाशित समाचारमा सो समाचार संस्थाले गल्ती स्विकारेको छ। गल्ती स्विकार्ने क्रममा नेपाल सन्देश डटकमले आफ्नो समाचार संस्थालाई नै प्रयोग गरिएकोमा दुख लागेको जनाएको छ।

२०७३ वैशाख २८ गते मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त भनाइ भन्दै नेपाल(भारत सम्वन्धका बारेमा नेपाली जनतालाई होच्याउने र भारतीय पक्षपोषण गर्नेग रि प्रकाशन भएको समाचारमा कुनै सत्यता नभएको आफ्नो अनुसन्धानबाट पुष्टी भएको नेपाल सन्देश डटकमले जनाएको छ। समाचारको स्रोतमाथि भर परेर प्रकाशन भएको समाचारका कारण नेपाली काँग्रेसका नेता थापामाथि परेको अपुरणीय क्षतिका लागि नेपाल सन्देश डटकमले दुःख व्यक्त गरेको छ।

समाचारका रुपमा प्रकाशन भएको सो सामग्रीको विश्वसनियता नरहेको पुष्टि भएका कारण सो समाचार हटाएको जनाउँदै नेपाल सन्देश डटकमले नेपाली राजनीतिका केहि भरोसा र विश्वास गर्ने व्यक्ति मध्येका गगन थापाका बारेमा प्रकाशित सो सामग्रीको भ्रममा नपर्न सबै पाठकहरुमा आग्रह समेत गरेको छ। यो घटनाले हामीलाई समेत पाठ सिकाएको डटकमद्धारा प्रकाशित समाचारमा उल्लेख छ। आगामी दिनमा समाचारका विषयमा सम्वन्धित व्यक्ति तथा संस्थाहरुसँग उनीहरुको भनाइ समेत राखेर समाचार बनाउने प्रतिवद्धता पनि सो संस्थाले व्यक्त गरेको छ।

साथै यस समाचारका विषयसँग जोडिएका व्यक्तिहरुको बारेमा नेपाल सन्देश डटकमका तर्फबाट उचित कारबाही गर्ने विश्वास समेत दिलाएको छ।  प्रकाशन संस्थाले समाचारमा गल्ती भएको स्विकार्ने आँट गरेर समाचार नै प्रकाशन गर्नुलदाई अनलाइन पत्रकारीतामा राम्रो अभ्यासको रुपमा लिइएको यस क्षेत्रका विज्ञहरुको मत छ। तर कतिपय अनलाइनले समाचारको स्रोतको रुपमा रहेको अनलाइनले नै दुख व्यक्त गरेर समाचार प्रकाशित गर्दा पनि सस्तो लोकप्रियताको लागि सोहि समाचारको हुवहु प्रकाशित गरेकोमा उनीहरुले यसलाई विकृतीको रुपमा लिएका छन।

प्रतिक्रिया

सम्बन्धित