डन मन्त्रीलाई साँढे सातको दशा ?
। सत्ता साझेदार एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि केपी ओली नेतृत्वको सरकारमा एक साता अघि मात्र नियुक्त भएका एक विवादास्पद मन्त्रीको विजोग भएको छ । कुनै सयम काभ्रेली समूहका नाइके गणेश लामाका गुरुका रुपमा चिनिने रेशम लामाले बैशाख १५ मा स्थानीय विकास सहायक मन्त्रीको सपथ खाएका थिए । डनको रुपमा छवि बनाएका लामाले एक सातामा नै पद छाड्नुपर्ने स्थिति आएपछि उनी तनाबा परेका छन् । लामा मन्त्री बनेपछि ओली सरकार थप विवादमा तानिएको थियो ।राप्रपा नेपालले स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई आन्तरिक शक्ति संघर्षका कारण फिर्ता बोलाएर डनका गुरु लामालाई मन्त्री बनाएको थियो ।
तर, एक सातामै मन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि लामालाई साँढे सातको दशाले छोएको उनी निकट एक कार्यकर्ता बताए । राप्रपा नेपालका समानुपातिक सांसद रहेका लामा पार्टीको केन्द्रीय सदस्य समेत हुन् । मैतीदेवीदेखि बत्तीसपुतलीसम्मलाई आधार क्षत्र बनाएर अबैध ढुकुटीको कारोबार गर्ने, फसेको पैसा उठाउने तथा टेण्डरमा गुण्डागर्दी गर्ने काममा लामा जोडिदै आएका छन् । उनी गुण्डागर्दी गरेको आरोपमा केही वर्ष अघि पटक–पटक पक्राउ परि छुट्दै आएका थिए ।
ढुकुटी खेलाएर अरुलाई लुट्ने धन्दा चलाउ“दै आएकी बत्तिसपुतलीकी मिना राईलाई लामाले संरक्षण दिंदै आएका छन्,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ । राईसँग अवैध सम्बन्धमा मुछिएका लामाले राइको टक्सन गाडी बेचेर रकम नदिएपछि उनीहरुबीच विवाद भएको थियो । काठमाडौं प्रहरी परिसरमा राजेन्द्र श्रेष्ठ एसएसपी छँदा लामाले गुण्डा नाइके रमेश बाहुनका सहयोगीहरुलाई हातमा लिएर ढुकुटीमा फसेका महिलाहरुको पैसा उठाउने काम गर्दा प्रहरीले लामामाथि निगरानी समेत गरेको थियो । लामा मन्त्रीमा सिफारिस भएपछि काभ्रेली समूहका सदस्यहरु खुसी भएका छन् ।
प्रतिक्रिया