डीआईजीको जालमा ५० लाख घुससहित लागू औषध कारोबारी

काgusठमाडौं । लागू औषध नियन्त्रण व्यूरोले अन्तर्राष्ट्रिय बजारमा ‘हाई प्रोफाइल’ व्यक्तिले प्रयोग गर्ने अबैध लागू औषध एम्फेटामाइनका कारोबारीलाई लामो प्रयासपछि पक्राउ गरेको छ । अबैध लागू औष एम्फेटामाइन मुद्दामा फरार रहेका धादिङ सत्यदेवी–८ घर भएका पूर्णबहादुर पाख्रिन तामाङलाई पक्राउ गरेको छ । तामाङलाई प्रहरीले वैशाख १७ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ निलोपुलबाट पक्राउ गरेको जनाएको छ ।

  तामाङ काठमाडौं र नुवाकोटको विभिन्न स्थानहरूमा लुकिछिपी रहँदै आएका थिए । तामाङले धादिङ सत्यदेवी–८ राकचोक घर भई टोखा नगरपालिका–१५ डेरा गरी बस्ने २६ वर्षीय नेत्र गुरुङ र २१ वर्षीय चित्र तामाङमार्फत थाईल्याण्डबाट ल्याउन लगाएको अवैध लागू औषध एम्फेटामाइल ३०२ ग्राम गत चैत ३० गते गुरुङको साथबाट बच्चाको खेलौना, सुटकेशको डन्डी, क्रिमको डव्वाहरूमा लुकाई छिपाई राखिएको अवस्थामा व्यूरोको टोलीले फेला पारेको ब्युरोका डीआईजी जयबहादुर चन्दले बताए   ।

  डीआईजी चन्दले भने, ‘नेपालको भूमि प्रयोग गरी अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी गरेको देखिन्छ, अचम्मको कुरा यसका मुख्य कारोबारी नेपाली रहेछन् ।’ तामाङले पक्राउ परेका नेत्र गुरुङ, चित्र तामाङ लगायतका अन्य व्यक्तिहरुलाई समेत लागू औषध ओसारपसारको लागि थाईल्याण्ड पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 पक्राउ परेका तामाङको व्यूरोमा अनुसन्धान भइरहेको आफ्नो मुद्दा मिलाउनको लागि मुद्दाका सम्बन्ध पक्षलाई ५० लाख रुपैया दिन एक व्यक्तिलाई प्रयोग गरेका थिए । व्यूरोले गरेको अनुसन्धानबाट ती व्यक्तिमाथि निग्रानी र सोधपुछ पश्चात स्वयंले वैशाख ९ गते ४९ लाख रुपैया व्यूरोमा दखिला गरेका हुन् । उक्त रकम मध्यको १ लाख एक बित्तीय संस्थामा रहेकोले सो रकम तत्कालै रोक्का गरिएको छ ।

   पहिलेदेखि नै पूर्णसंग आर्थिक कारोवार भएका ती व्यक्तिको व्यक्तिगत सुरक्षालाई मध्यनजर गरी उनको नाम समेत गोप्य राखिएको प्रहरीले जनाएको छ । तामाङका सहोदर दाजु धर्मबहादु तामाङ सन् १९९९ मा थाईल्याण्डमा गएका थिए । लागू औषध ओसारपसारको लागि धर्मले भने बमोजिम पूर्णले नेपालबाट विभिन्न व्यक्तिहरु थाईल्याण्ड पठाउदै आएका थिए । ब्युरोले ‘अपरेसन आइस’ मार्फत् कारोबारीलाई फन्दामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित