राष्ट्रपतिको पत्रमात्र पढ्न भ्याइयो संसद बैठकमा

sambidhan savaकाठमाडौं : आज(मंगलबार) बाट शुरु भएको व्यवस्थापिका–संसद्को बजेट अधिवेशन करिव पाँच मिनेटमै सकिएको छ । बैठकको सुरूमा नै संसद उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरिन् । त्यस्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो । बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गरिन् । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । व्यवस्थापिका–संसद् कार्यसञ्चालनसम्बन्धी नियमावली निर्माणमा दलबीच सहमति भइनसकेकाकारण बैठकमा अन्य कार्यसूची समावेश भएनन् । त्यसैले अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने गरी सकिएको छ । पहिलो अधिवेशनगत फागुन ५ गते अन्त्य भएको थियो । संसद्को चालु अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ऐनकानुन बनाउने छ। त्यस अतिरिक्त अन्य ४० विधेयक समेत संसदमा दर्ता रहेका छन् । अधिवेशनका क्रममा यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण तथा डढेलो लगायतसमसामयिक विषय र वैशाख २४ र २५ गते पूर्वबजेटमाथि छलफल हुनेछ । वैशाख २६ गतेसरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दलबीच सहमति भइसकेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित