कनकमणिसँग लोकमान पराजित ?
सर्बोच्चले भन्यो–‘कनकमणिलाई छाड’ काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको अभियोगमा छानबिन गर्न भन्दै पक्राउ गरेका साझा यातायातका अध्यक्ष एवं वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कायममुकायम न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले रिहाइको आदेश दिएको हो ।
अख्तियारले छानबिन गर्न भन्दै १० गते पक्राउ गरेको थियो । १२ गते विशेष अदालतले पक्राउ गरेको मितिले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, दीक्षित पत्नी शान्ताले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपछि सर्वोच्चले १० दिने म्याद सकिएकै दिन आज सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै पक्राउ पुर्जी थमाइएको हो। दीक्षितलाई पक्राउ गर्न करिब २ दर्जन प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दीक्षित निवास आएका थिए। यसअघि अख्तियारले उनलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको थियो।
प्रतिक्रिया