श्रम अधिकार सुनिश्चितताको कामना
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् सबैको श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा राष्ट्रपति भण्डारीले आज सबै नेपाली श्रमिक एवं मजदुरले स्वदेश तथा विदेशमा आफ्नो श्रम गर्दा उचित श्रम अभ्यास, अनकूल कार्यवातावरण, न्यायोचित कार्यघन्टा एवम् पारिश्रमिक, सामाजिक सुरक्षा लगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बध स्थपित हुन सकोस् भन्ने कामना गरेकी हुन् ।
प्रतिक्रिया