फेरि पक्राउ परे दुई जना नक्कली इन्जिनियर

engकाठमाडौं : महानगरीय अपराध महाशाखाले तीन जना नक्कली इन्जिनियरसहित पाँच जनालाई पक्राउ गरेको छ एक साता नवित्दै आज पुनः दुई जना नक्कली इन्जिनियर पक्राउ गरेको छ । आज पक्राउ पर्नेमा गोरखाका सन्देश घिमिरे र श्रीराम आचार्य छन् । उनीहरुले इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराई केही इन्जिनियरहरुले काम गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरु आज पक्राउ परेका हुन् । यसअघि महाशाखाले पक्राउ गरेका नक्कली इन्जिनियरहरुमा डोटी दिपायल सिलगढी नगरपालिका–३ का हितेश सिंह, खोटाङ बाकसिला गाबिस–८ का पुजनकुमार खत्री र काठमाडौं बुढानिलकण्ठ–३ का सनत श्रेष्ठ रहेका छन् ।

त्यसैगरी नक्कली प्रमाणपत्र बनाई प्रमाणित प्रतिलिपि प्रयोग गरी नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराउने ललितपुर–१८ गाबाहलका कम्प्युटर डिजाइनर अंकित खड्का र ललितपुर–१४ नख्खिपोटका सुबित खड्कालाई पनि पक्राउ गरेको छ । महाशाखाको अनुसन्धान टोलीले ललितपुर उपमहानगरपाकिला–१८ गाबहालस्थित कम्प्यूटर डिजाइनर कार्यालयबाट कम्प्यूटर लगायतका उपकरणहरु तथा नक्कली छापसहित नक्कली इन्जिनियरिङको प्रमाणपत्र र नक्कली कागजात बरामद गरेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित