नक्कली भिषा र डिमाण्ड लेटरसहित पक्राउ

arestकाठमाडौं ।  बिदेश पठाउने भन्दै  नक्कली भिषा र डिमाण्ड लेटर बनाएर ठगी गर्ने गिरोहका नाइकेलाई प्रहरीले  पक्राउ गरेको छ ।   सप्तरी  घर भई काठमाडौं कागेश्वरी  बस्ने बर्ष ३२ को सुरेन्द्र विमल यादवले  सप्तरीकै उदय कान्त मण्डल समेत ९ जना  व्यक्तिहरुलाई दुबईको फरक–फरक कम्पनीमा आर्कषक तलवमा रोजगारीको लागि पठाउने भन्दै    ७ लाख र पासपोर्ट समेत लिइ पीडितहरुलाई  नक्कली भिषा बनाएर ठगेको खुलेको छ  । पीडितहरुले आफुहरु ठगिएको भन्दै   महानगरीय अपराध महाशाखामा निवेदन दिएकोका थिए।

  महाशाखाबाट खटिएको प्रहरीको विषेश टोलीले ठगीमा संलग्न  सुरेन्द्र विमल यादवलाई मिति २०७३।०१।१५ गते पक्राउ गरेको छ।   । यादवको साथबाट प्रहरीले ४४ थान पासपोर्ट र विभिन्न व्यक्तिहरुको नामका नक्कली भिषा र डिमाण्ड लेटर समेत फेला पारी बरामद गरेको छ । यादवलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित