सशस्त्र प्रहरी प्रमुखमा दुर्जकुमार राई

Durja-Kumar-Raiकाठमाडौं सरकारले सशस्त्र प्रहरी बलका कायममुकायम महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले कायममुकायम महानिरीक्षक राईलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो । ०४३ सालमा प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरीमा सेवा सुरू गरेका रार्इले उपत्यकाका विभिन्न प्रहरी इकाइमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालि सकेका छन् ।

उनलाई सरकारले ०६९ भदौ २८ गतेको मन्त्रिपरिषद बैठकबाट सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलन दबाउन भूमिका खेलेका राईलाई गणतान्त्रिक सरकारले नै पदोन्नति गरेपछि सर्वत्र आलोचना भएको थियो । तर, जनआन्दोलनका बेला उनले  संगठनको आदेश अुनसार नै काम गरेका थिए । आलोचनाकै बाबजुद उनलाई ०७० साल मंसिर १७ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बनाउने निर्णय गर्‍यो । जनआन्दोलनका दोषी ठहर भई सर्वाधिक आलोचित बनेका राईलाई नेपाल सरकारले गत ०७२ पुस ३ गते पुनः पदोन्नति गर्दै कायम मुकायम प्रहरी महानिरीक्षकको जिम्मेवारी सुम्पियो ।

प्रतिक्रिया

सम्बन्धित