दीक्षितलाई रिहा गर्न आइएफजे र सिपिजेको माग
काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न समेत माग गरेको छ । दीक्षितलाई नियन्त्रणमा लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यको आइएफजेले निन्दा गरेको छ । “कनकमणि दीक्षितको गिरफ्तारीबाट नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था बारे गम्भीर चिन्ता उत्पन्न भएको छ । दीक्षितको गिरफ्तारी शंकास्पद छ र न्यायिक प्रक्रियाप्रति प्रश्न उठेको छ,” विज्ञप्तिमा भनिएको छ । “सम्पूर्ण दक्षिण एशियामै प्रेस स्वतन्त्रताको मुद्दा उठिरहेका बेला दीक्षितलाई पक्राउ गरिएको छ । अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने हामी दीक्षितको तत्काल रिहाई, विना पूर्वाग्रह, स्वतन्त्र र पारदर्शी सुनुवाईको माग गर्दछौं । हामीलाई दीक्षितको अधिकार र सुरक्षाप्रति चिन्ता भएकोले उनको गिरफ्तारीको अवस्थाबारे जानकारी गराउन नेपाल सरकारसँग माग गर्दछौं ।”विज्ञप्तिमा छ ।
अख्तियार प्रमुखमा लोकमानसिंह कार्कींको नियुक्ति हुँदा पत्रकार दीक्षितले विरोध प्रदर्शन गरेका कारण अख्तियारले प्रतिशोधको भावनाबाट प्रेरित भएर उनलाई दुख दिएको दीक्षितले बताएको उल्लेख गरिएको छ । त्यस्तै, दि कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे)ले पनि दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको छ ।
१० वर्षे सशस्त्र द्वन्द्वकालमा आलोचनात्मक रिर्पोटिङ गर्दै आएका हिमाल साउथएसियनका संस्थापक सम्पादक दीक्षितलाई सरकारी अधिकारीहरूले गरेको अपमानजनक व्यवहारप्रति सिपिजेले विरोध गरेको छ । नेपाल प्रेस यूनियनले पनि पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न पनि माग गरे पनि नेपाल पत्रकार महासंघले अहिले सम्म मुख खोलेको छैन ।
प्रतिक्रिया