पुनर्निर्माणमा ढिलाई हुँदा जनतालाई सास्ती : प्रचण्ड
काठमाडौं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पले ध्वस्त बनाएका भौतिक सम्पदाको पुनर्निर्माणका कार्यमा ढिलाई हुँदा नेपाली जनताले निकै कठिनाई भोग्नु परेको बताएका छन् । पुनर्निर्माणका कामलाईलाई तीब्रताका साथ सम्पन्न गर्नुपर्ने पनि उनले बताए। ललितपुरमा आज आयोजित महा–विनासकारी भूकम्पको एक वर्षको स्मरणमा पुनर्निर्माण सम्बन्धी कार्यहरुको शुभारम्भ गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘हाम्रा ऐतिहासिक धरोहर जो मानव सभ्यताको विकासको अभिव्यक्तिहरु हुन, राज्य र हामी बचेकाहरुको निम्ति चुनौति छन् कि भूकम्पको प्रतिरोधी धरोहर पूनर्निर्माण गर्न सक्छौं कि सक्दैनौं।’ जिम्मेवार राज्य र सचेत नागरिकले नै राष्ट्रिय एकतालाई मजबुत बनाउने र नयाँ निर्माणको कामलाई माथि उठाउने उनको भनाई थियो।
प्रतिक्रिया