उद्योगलाई छुट्टै लाइनबाट बिजुली दिन सीएनआईको माग

cniकाठमाडौं नेपाल उद्योग परिसंघ(सीएनआई)ले १ सय जनाभन्दा बढीलाई रोजगारी दिने उद्योग–प्रतिष्ठानका लागि छुट्टै औद्योगिक विद्युत् वितरण लाइनमार्फत विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गर्न परिसंघले सरकारसँग आग्रह गरेको हो। नेपाल विद्युत् प्राधिकरणले हाल अत्यावश्यक सेवा (स्वास्थ्य, खानेपानीलगायत) तथा कुटनीतिक नियोगहरुमा छुट्टै फिडरमार्फत चौबीसै घण्टा विद्युत् उपलब्ध गराउँदै आएको छ। तर, दैनिक अत्यावश्यकबाहेकका अन्य उद्योग प्रतिष्ठानका लागि भने उपलब्ध विद्युत्लाई नै नियमित गर्न डेडिकेटेड फिडरको माग गरिएको परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए। हाल सम्बन्धित क्षेत्रीय कार्यालयका प्रमुख, प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुखलगायत रहने ३ सदस्यीय समितिको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सिमितिले अनुमोदन गरेपछि डेडिकेटेड फिडरमार्फत विद्युत् दिने व्यवस्था छ। प्राधिकरणले काडमाडौं क्षेत्रीय कार्यालयमाफर्त हाल करिब १ सय ५० उद्योग प्रतिष्ठान तथा कार्यालयहरुलाई डेडिकेटेड फिडरमार्फत विद्युत् उपलब्ध गराउँदै आएको क्षेत्रीय कार्यालयका प्रखुख दीर्घायु श्रेष्ठले बताए। अन्य क्षेत्रीय कार्यालयहरुले पनि यस्तो फिडरमार्फत विद्युत् दिँदै आएका छन् ।

सर्वसाधारणलाई लिने महशुलको दोब्बर महशुलमा डेडिकेटेड फिडरबाट विद्युत् उपलब्ध गराउने व्यवस्था छ। यस्तो फिडरको विद्युत् बढीमा प्रतियुनिट २२ रुपैयाँसम्म पर्ने गरेको छ। डेडिकेटेड फिडरमार्फत दिइने विद्युत् थर्मल९डिजेल०प्लाण्ट वा निजी डिजेल जेनेरेटलबाट उत्पादन गर्ने विद्युत् भन्दा सस्तो पर्दछ।

प्रतिक्रिया

सम्बन्धित