एमालेकरण भएको प्राधिकरणमा किन पुगेन कांग्रेसको आँखा ?

?????????????????????????????????????????????????????????

काठमाडौं । भूकम्पपछि निर्माण भएको पुनःनिर्माण प्राधिकरणमा एमालेले आफ्नो भातृसंस्था जस्तै गरी हालीमुहाली गर्न थालेको छ । एमाले नेता र प्रधानमन्त्री तथा मन्त्रीहरूको ठाडो निर्देशनमा प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले कर्मचारीहरु नियुक्ति गर्ने गरेको आरोप छ । ज्ञवालीले एमाले निकट एउटा एनजिओमार्फत कर्मचारी भर्ती गरेका हुन् । त्यसको जिम्मेवारी पाएको त्यो एनजिओ प्रधानमन्त्री केपी ओली निकट मानिन्छ । प्राधिकरणमार्फत एमालेले आफू निकटका झण्डै १६ सय इञ्जिनियर भर्ती गरिसकेको छ ।

   बाँकी ओभरसियर र केही प्राविधिक कर्मचारीहरू पनि धमाधम एमाले निकट भर्ना भइरहेका छन् ।अबको दुई महिनाभित्रै भूकम्प प्राधिकरणलाई प्रधानमन्त्री ओली र एमालेले कसरी पार्टीको भर्ती केन्द्र बनाएका रहेछन् भन्ने स्पष्ट देखिनेछ । कार्यदक्षतामा शून्य अनुभव रहेका प्राधिकरणका प्रमुख ज्ञवालीको अन्डरमा बसेर उपसचिव र सहसचिवहरूले काम गर्न नमानेपछि भूकम्प गएको एक वर्ष हुँदा पनि प्राधिकरणले काम गर्न सकेको छैन । भूकम्पबाट प्रभावित जनताले भरपेट खान नपाइरहेका बेला एमालेले भने दुहुनो गाई बनाइ प्राधिकरणबाट करोडौँ कमाउने योजना बनाइ रहेको छ । यतिसम्मकी एमालेले आफू निकट एउटा ठूलो एनजिओलाई प्राधिकरणले गरेका कामकारबाही अनुगमन गर्ने बहानामा अर्बौं रुपियाँ खर्च गर्न अनुमति दिएको स्रोतको भनाइ छ ।एमालेले भूकम्प पुनर्निर्माण प्राधिकरणमा चरम राजनीतिकरण गर्दासमेत मुलुकको सबैभन्दा ठूलो पार्टी तथा प्रमुख विपक्षी दल नेपाली कांग्रेस भने चुपचाप बसेको छ । प्राधिकरणबाट जनतालाई राहत दिनुसाटो एमालेले आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनाएकोमा स्थानीय तहमा बिरोध भइसकेको छ । तर, कांग्रेसको अहिलेसम्म आँखा पुगेको छैन ।

प्रतिक्रिया

सम्बन्धित