डनका गुरु मन्त्री बनेपछि

danmantriकाठमाडौं । कुनै सयम काभ्रेली समूहका नाइके गणेश लामाका गुरुका रुपमा चिनिने रेशम लामा स्थानीय विकास सहायक मन्त्रीमा सिफारिस भएपछि केपी ओली सरकार फेरी विवादमा मुछिएको छ । राप्रपा नेपालले हालै मात्र स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई आन्तरिक शक्ति संघर्षका कारण फिर्ता बोलाएर डनका गुरु लामालाई मन्त्रीमा सिफारिस गरेको हो । राप्रपा नेपालका समानुपातिक सांसद रहेका लामा पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।

 अध्यक्ष कमल थापाले अमेरिका उड्नु अघि लामालाई मन्त्रीमा सिफारिस गरेका हुन् । मैतीदेवीदेखि बत्तीसपुतलीसम्मलाई आधार  बनाएर अबैध ढुकुटीको कारोबार गर्ने, फसेको पैसा उठाउने तथा टेण्डरमा गुण्डागर्दी गर्ने काममा लामा जोडिदै आएका छन् । उनी गुण्डागर्दी गरेको आरोपमा केही वर्ष अघि पटक–पटक पक्राउ परि छुट्दै आएका थिए । ढुकुटी खेलाएर अरुलाई लुट्ने धन्दा चलाउँदै आएकी बत्तिसपुतलीकी मिना राईलाई लामाले संरक्षण दिंदै आएका छन् ।

 राईसँग अवैध सम्बन्धमा मुछिएका लामाले राइको टक्सन गाडी बेचेर रकम नदिएपछि उनीहरुबीच विवाद भएको थियो । काठमाडौं प्रहरी परिसरमा राजेन्द्र श्रेष्ठ एसएसपी छँदा लामाले गुण्डा नाइके रमेश बाहुनका सहयोगीहरुलाई हातमा लिएर ढुकुटीमा फसेका महिलाहरुको पैसा उठाउने काम गर्दा प्रहरीले लामामाथि निगरानी समेत गरेको थियो,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  । लामा मन्त्रीमा सिफारिस भएपछि काभ्रेली समूहका सदस्यहरु खुसी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित