मिटरमा जान नमान्ने ट्याक्सीहरु कारवाहीमा

taxiकाठमाडौं । उपत्यकाभित्र भाडामा चल्ने ट्याक्सीहरुले मिटरमा नगई आफुखुसी भाडा लिने विषयमा व्यापक जनगुनासो बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष कारवाही अभियान शुरु गरेको छ । उक्त अभियान अन्तर्गत २०७३ बैशाख ७ गते काठमाडौं उपत्यकास्थित अस्पताल, विमानस्थल लगायतका विभिन्न स्थानहरुबाट यात्रुहरुले ट्याक्सी चढी गन्तव्यमा जान चाह“दा मिटरमा नगई मनपरी भाडा मागी यात्रुहरुलाई ठगी गर्ने र असुविधा पु¥याउने ३७ वटा ट्याक्सीहरुलाई नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडी बढाइएको महाशाखाले जनाएको छ ।

  पक्राउ परेका सबै ट्याक्सीहरुलाई कारवाहीको लागि यातायात व्यवस्था विभाग पठाइने पनि महाशाखाले जनाएको छ । प्रकाउ गरिएका मध्ये ४ वटा ट्याक्सीहरुको मिटरको सिल तोडिएको र बिगारिएको अवस्थामा पाइएकोले नापतौल विभाग, बालाजुमा समेत कारवाहीको लागि पठाइने महाशाखाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित