टेष्ट ड्राइभ गर्ने नाममा डुक बाइक लिएर फरार पक्राउ

काdukठमाडौं । पोखराको शान्तिनगर जिरोकिलोबाट टेष्ट ड्राइभ गर्छु भन्दै केटिएम डुक ३९० मोटरसाइकल लिएर फरार भएका रोशन ओझालाई प्रहरीले पक्राउ गरेको छ । हाम्रोबजार डट कम मार्फत उक्त मोटरसाईकल बिक्री गर्न भनी विज्ञापन प्रकाशित भएकोमा सुर्खेत घर भई काठमाडौंको किर्तिपुरमा बस्ने वर्ष २१ का रोशन ओझा (उपनाम सुमन क्षेत्री, अर्विन छन्त्याल, आयुष राजा, आयुष जेबिआर) पोखरा पुगेर मोटरसाइकल धनीलाई छक्याएर लुट्न सफल भएपनि अन्तत प्रहरीको फन्दामा परेका हुन् ।

  उनले चार लाख ९० हजारमा मोटरसाईकल खरिद गर्छु भनी अर्विन छन्त्यालको नाम र ईमेल आईडीबाट सवारीधनीलाई सम्पर्क गरेका थिए । त्यसपछि २०७२ माघ १२ गते पोखराको शान्तिनगर, जिरोकिलोमिटरमा गई सवारीधनीलाई भेटी टेष्ट ड्राईभ गर्ने बहानामा मोटरसाईकल लिई फरार भएका ओझा २०७३ बैशाख ७ गते काठमाडौं मैतीदेवीबाट बा६०प ७२० नम्बरको सोही मोटरसाइकलसहित पक्राउ परेका हुन् । उनको साथबाट तुल्सीपुर, दाङका अर्विन छन्त्यालको सवारी चालक अनुमती पत्रमा रहेको फोटो परिवर्तन गरी आफ्नो फोटो टा“सेको समेत प्रहरीले पत्ता लगाएको महानगरि ट्राफिक प्रहरी महाशाखले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित