नेपालको सानदार खेलसँगै नामिविया ३ विकेटले पराजित
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले नामिवियालाई ३ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने देखिएको छ । नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल ७ विकेट गुमाएर बिजयी भएको हो ।
कप्तान पारस खड्काले सर्वाधिक १०३ रन बनाए । पारसले ९४ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै सतक पूरा गरेर खेललाई सफलतातर्फ धकेलेका थिए । यस्तै शरद भेष्वाकर ७४ रनमा नटआउट रहे भने ज्ञानेन्द्र मल्लाले २२ रन जोडे। विनोद भण्डारीले १२ रन जोडे।
उनले १३ बलमा २ चौका प्रहार गरे। यस्तै, नरेश बुढाएर ६ र राजेश पुलामी मगरले १ रन जोडेका थिए। यस्तैसागर पुन भने २ रनमै पभिलियन फर्केका थिए। यसअघि टस हारेर पहिले व्याटिङ गरेको नामिवियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर १३९ रन जोडेको थियो।नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दिप लामिछानेले समान २–२ विकेट लिए।
नामिविया स्टेफन बार्डले सर्वाधिक ५१ रन जोडे। यस्तै जेन ग्रिनले ४७ रन जोड्दा सारेल बर्गर ४३ रनमा नटआउट रहे।
प्रतिक्रिया