काठमाडौं :
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज विहानै छलफल भएको छ । उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो । एमाओवादी अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा भएको झण्डै एक घन्टा लामो भेटवार्तामा सरकारको कामकारबाहीका विषयमा केन्द्रित रहेको बतार्एको छ । सरकार परिवर्तनको चर्चा पाइरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र दोस्रो ठूलो सत्तारुढ दल एमाओवादीका अध्यक्ष दाहालबीच लामो कुराकानी भएको हो ।
कांग्रेसका वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार एमाओवादी अध्यक्ष दाहालसँगको भेटवार्तामा संविधान कार्यान्वयन, मधेसी दलका माग, भूकम्पसम्बन्धी प्राधिकरणले काम गर्न नसकेको, बजारमा अहिले जारी रहेको तेल र ग्याको अभावको अन्त्यका विषयमा कुराकानी भएको छ । ‘जनतालाई राहत दिने गरेर सरकारका कामकारबाही अगाडि बढाउन पौडेलले दाहालसँग आग्रह गर्नु भएको थियो । जवाफमा दाहालले आफूले प्रधानमन्त्री र मन्त्रीहरूसँग सो विषयमा परामर्श गर्ने आश्वासन दिनुभएको छ ।’–उनले थपे ।
प्रतिक्रिया