अपराधिका लागि प्रहरी त्रासको प्रतिक : आईजीपी
काठमाडौं । प्रहरी महानिरीक्षक(आईजीपी) उपेन्द्रकान्त अर्यालले अपराधिको लागि प्रहरी त्रासको प्रतीक र बहुसंख्यक नागरिकको लागि आशाको प्रतीक हुनुपर्नेमा जोड दिएका छन् । कानुन पालना गराउन प्रहरी कर्मचारी आफै कानुनको दायरामा रहनुपर्ने बताउँदै आइजीपी अर्यालले भने–‘अबको समाजले भनेको होइन असल काम गरेको देख्न चाहन्छ ।’ प्रहरी पेशा मात्र नभई जीवनशैली नै भएको बताउँदै अर्यालले प्रतिष्पर्धामा छानिएर स्वेच्छाले प्रवेश गरेको सेवामा संगठनको अपेक्षाअनुसार व्यवहार गर्न निर्देशन समेत दिएका छन् ।
कार्यस्थलमा नै पुगेर प्रहरीका समस्याहरूको स्थलगत जानकारी तथा सम्बोधन गर्ने उद्देश्यका साथ चैत्र २० गतेबाट सुदूर पश्चिमाञ्चल क्षेत्र मातहतका प्रहरी इकाईहरुको निरीक्षण भ्रमणका क्रममा अर्यालले बुधबार सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलको निरीक्षण तथा महिला ब्यारेक भवन उदघाटन गर्दै उक्त कुरा बताएका हुन् ।
निर्देशनका क्रममा अर्यालले प्रहरी पेशा चुनौतिपूर्ण हुँदै गएको अवस्थामा प्रहरीले आफ्नो कर्तव्य बुझेर कार्यशैलीमा परिवर्तन गर्दै समस्या लिएर आउने सेवाग्राहीको यथार्थपरक अपेक्षालाई सम्बोधन गर्ने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया