मिनकृष्णका सहयोगी गुण्डानाइके हतियारसहित पक्राउ

minkकाठमाडौं । ललितपुरलाई आधार क्षेत्र बनाई डन मिनकृष्ण महर्जनको निर्देशनमा काम गर्ने गुण्डा नाइके विश्वक्रान्ति सिंह हतियारसहित पक्राउ परेका छन् । सिंह पक्राउ परेपछि डन महर्जन पनि प्रहरी निगरानीमा छन् । पेट्रोल पम्पको बिबाद मिलाउने नाममा बिचौलियाको भूमिका खेली डिएसपी दयानिधी ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई फसाउन मुख्य भुमिकामा खेलेका र सोही मुद्दामा अख्तियारको साक्षी बसेका सिंह हातहतियार सहित ललितपुर प्रहरीको फन्दामा परेका हुन ।  एउटा राइफल र सर्ट गनसहित उनी सानेपास्थित डेराबाट समातिएको ललितपुर परिसरले जनाएको छ । ललितपुर उपमहानगरपालिका २ स्थित उत्तम पियाको घरमा रहेको भुइ तल्लामा फ्ल्याट भाडामा लिइ परिवारसहित सिंह बसेका थिए ।

  मंगलबार राती प्रहरीले छापा मारे मार्ने क्रममा पी ५६४४६४ नम्बरको सर्ट गन र त्यसमा लाग्ने २८ राउण्ड गोली बरामद गरेको हो । प्रहरीले सिंहको कोठाबाट राइफल र त्यसमा लाग्ने गोली १३० राउण्ड पनि बरामद गरेका छन् ।

   सर्ट गन र राइफलमा लाग्ने बाहेक अन्य बन्दुकमा लाग्ने गोली पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट खैरो हिरोइनजस्तो देखिने धुलो, केही जापनीज येन पनि बरामद गरेको छ । प्रतिबन्धित सि हर्ष, २ वटा पासपोर्ट पनि प्रहरीले उनको कोठाबाट बरामद गरेको छ ।

  एउटा पासपोर्टमा देवबहादुर पुन मगर र अर्कोमा विश्वक्रान्ति सिंहको नाममा २ वटा पासपोर्ट बरामद भएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । ठेक्काहरुमा असुली गर्ने, व्यवसायीलाई धम्की दिंदै  रकम असुली गर्ने, लेनदेन गरेर कमिसन लिने, गुन्डागर्दी गर्ने, लागू औषधको कारोबार गर्ने, हातहतियार र खरखजाना राख्ने र हाउजिङ व्यवसायीलाई धम्की दिने गरेको भन्दै सिंह विरुद्ध उजुरी परेको थियो । एक साता अघि झम्सिखेलको मिरर डिस्को बाहिर युवाहरुबीच भएको ग्याङ फाइट हुँदा  एक जना गम्भीर घाइते भएका थिए । उनै घाइतेको वयान अनुसार ललितपुर प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित