प्रकाशको मृत्युलाई चुनाबी एजेण्डा बनाउँदै ओली

काठमाडौं । कम्युनिष्ट पार्टीका नेताहरूमा समवेदना हुँदैन भन्ने कुराको पुष्टि अहिले आएर भएको छ । १७ हजार नेपालीको हत्यापछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी केन्द्रभित्रको समवेदनालाई अहिले आएर नेकपा एमालेले चुनाबी एजेण्डा बनाउन थालेको छ । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पीडामा छन् । प्रचण्डको पीडालाई सबैले बुझेका छन् । तर, वाम गठबन्धनका अर्का नेता तथा एमालेका अध्यक्ष ओली भने प्रकाश दाहालको मृत्युलाई राजनीतिसँग साट्दै छन् ।

 चितवनमा मंगलबार भएको चुनावी सभामा ओलीले प्रचण्डलाई १५ हजारको मतअन्तरले जित्नुपर्छ भनेर सम्बोधन गरे । प्रकाशको श्रद्धाञ्जली सभा भनिए पनि केपी ओली र बोल्ने अन्य नेताहरूको अभिव्यक्तिमा कुनै पनि श्रद्धाञ्जलीको भाव देखिदैन थियो । श्रद्धाञ्जलि सभा होइन कि चितवनमा मंगलबार एमाले र माओवादीले राखेको कार्यक्रम कांग्रेसलाई गाली गर्ने तथा प्रकाश दाहालको मृत्युसँग राजनीति गरेर आफ्ना उम्मेदवारलाई जिताउने अवसरका रुपमा लिइएको एक माओवादी नेताले बताए ।

 प्रचण्ड पनि ओलीको उक्साहटमा लागेर छोरोको मृत्यु भएको दोस्रो दिन सबै परिवार (सिर्जना दाहाल त्रिपाठी)लाई बाहेक सबैलाई लिएर चितवन पुगे । पत्नी सीता दाहाल, वीना मगर, छोरीहरू सबैलाई लगेर पुगे । सामाजिक सञ्जालमा प्रचण्डले गर्नै नहुने काम गरेको भनेर आलोचना हुन थालेको छ ।

 पहिला त प्रचण्डले आफ्नो छोरा प्रकाशको आत्माले शान्तिा पाओस् भनेर विधि र प्रक्रियाअनुसारका धार्मिक अनुष्ठानका काम गर्नुपर्ने हो । त्यो पनि गरेको देखिएन । बरु दुई दिनभित्र एमाले र केपी ओलीको राजनीति बुझेर पनि नबुझे झैँ गरेर चुनावी कार्यक्रममा जानुलाई माओवादीको धेरै मतदाताहरूले चित्त दुःखाएका छन् । अहिले पनि ओलीले प्रचण्डलाई प्रकाशको मृत्युसँग जोडर राजनीति गर्न थालेका छन् । ओलीले आफ्ना हरेक भाषण र अन्तर्वार्ताहरूमा प्रकाशको नाम लिने गरेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित