प्रधानमन्त्रीसँग अंगालो मार्दै खुश्बु ओली !

oliकाठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अंगालोमा हालेको तस्वीर बिभिन्न अनलाइनहरुमा सार्वजनिक भएको छ । दियो पोष्टबाबाट साभार  यो फोटोले प्रधानमन्त्री ओली खुश्बुको विहे पार्टीमा सहभागी भएको जनाउँछ  । गुण्डा नाइके चरीको प्रेमिका भएर चर्चामा आएकी खुश्बु प्रेमी इन्काउन्टरमा मारिदा झनै चर्चा र विवादको घेरामा परेकी थिइन् । चरी मारिएपछि खुश्बुले गत फागुनको अन्तिम साता लण्डन निवासी सन्तोष कार्कीसँग विहे गरेकी थिइन । याक एण्ड यति होटलमा भएको उनको विवाह समारोहमा प्रधानमन्त्री ओली सहभागी भएको तस्वीर सार्वजनिक भएको हो । तस्वीरमा खुश्वु प्रधानमन्त्री ओलीको अंगालोमा देखिएकी छिन् । स्रोतका अनुसार खुश्बुले प्रधानमन्त्री ओलीसँग आफ्नो नाता लाग्ने दाबी गर्दे आएकी छिन् । त्यही नाता लगाएर खुश्बुले प्रधानमन्त्रीलाई विहे समारोहमा बोलाएकी हुन् । खुश्बुले नाता लगाएपछि प्रधानमन्त्री ओलीले उनलाई समाजकल्याण परिषदमा उपाध्यक्ष बनाउन लागेको समाचार पनि बाहिर आएको थियो तर, उक्त पदमा विवाद भएपछि खुश्बुको नाम हटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित