‘रअ’ को डिजाइनमा तिब्बती आन्दोलन चर्कदै

tibbatiकाठमाडौं । सरकारको कडाईले केही समयदेखि रोकिएको फ्रि तिब्बतको आन्दोलन चर्काउन पुनः विदेशी शक्तिकेन्द्रहरु सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किए लगत्तै भारतीय गुप्तचर संस्था ‘रअ’, दलाई लामा र केही यूरोपियन मुलुकहरुको डिजाइनमा चीन विरोधी गतिविधि हुन लागेको हो । काठमाडौैंलाई ‘हब’ बनाएर तिब्बतीहरुले नेपाल मै पुनः आत्मदाह गरेर आन्दोलन थप चर्काउने तयारी गरेको बताइएको छ ।

 स्रोतका अनुसार केही दिन अघि स्वयम्भू प्रहरीले मट्टितेल खन्याएर आत्मदाह गर्नृ खोजेकी एक तिब्बती महिलालाई पक्राउ गरी अनुसन्धान गरेको छ । यो घटनापछि काठमाडौंमा स्वतन्त्र तिब्बतपक्षधरले प्रर्दशन गर्न लागेको निक्र्योल निकाल्दै शरणार्थी क्याम्पहरुमा प्रहरीले विशेष निगरानी गरेको छ । यो पटक सरकारले तिब्बती धर्मगुरु दलाई लामालाई नेपाल प्रवेशमा रोक लगाउँदै तिब्बतीयन शरणार्थीहरुले मार्च १० मा मनाउने मुक्ति दिवसको अवसरमा विशेष सतर्कता अपनाउँदा कुनै अप्रिय घटना हुन पाएन,यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ  ।

  दलाई लामाका नेपाल प्रतिनीधी दोहोरो नागरिकताधारी ताम्देन दोर्जे तुलाधरको नेतृत्वमा राजधानीमा सबै तिब्बतीयन क्याम्पमा प्रदर्शन हुनसक्नेतर्फ प्रहरीले सतर्कता अपनाएको छ । सरकारले एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै त्यस्ता कुनै पनि घटना हुन नदिने चीनलाई आश्वस्त पार्र्दै आएको छ ।

  नेपालको एक चीन नीति बिरुद्धको यस्ता क्रियाकलाप गैरकानुनी मानिए पनि तिब्बती शरणार्थीहरुको गतिविधि रोकिएको छैन । यसअघि गत २०१३ फ्रेबुअरीमा काठमाडौंको बौद्ध स्तुप अगाडि ‘स्वतन्त्र तिब्बत’ का पक्षमा तिब्बती नागरिक थोन्डुप डुप्चेले आत्मदाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित