कर्मचारी सञ्चयकोष डनको कब्जामा, मलका व्यापारी त्रसित

don gorkhalaiकाठमाडौं । राजधानीको मुटु सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भबन गुण्डा नाइके राजु गोर्खाली समूहले कब्जा गरेको छ । सुन्धारास्थित सञ्चय कोषको व्यापारीक भबन ‘काठमाडौं मल’ मा गुण्डा नाइके गोर्खाली समूहले टेण्डर हाल्दा सबैभन्दा बढी बिड गरी कब्जा गर्न सफल भएको हो । सञ्चय कोषले मासिक ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आव्हान गरेको थियो । गत शुक्रवार ११ वटा फर्मले टेण्डर बिड गरेका थिए ।

  जसमा गोर्खाली समूहले आफ्नो दुई वटा फर्म दर्ता गर्दै सूर्यदिप ग्रुपको नामबाट सबैभन्दा बढि ३ करोड १७ लाख मासिक बुझाउने कबोल गरी टेण्डर हालेर मल हात पार्न सफल भएका हो । गोर्खाली समूहले टेण्डर पारेपछि काठमाडौं मलका व्यापारीहरु त्रसित बनेका छन् । गोर्खाली समूहले सूर्यदिप र्फमबाट ३ करोेड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु फर्मबाट २ करोड ७१ लाख मासिक बुझाउने शर्तमा टेण्डर हालेको थियो ।

  तर, पहिलो र दोस्रो दुबै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५१ लाख कबोल भएकोे तेस्रो फर्म सूर्य बिनायक हाउजिङबाट सम्झौंता गर्ने योजना समेत बनाएको खुलेको छ । अन्य फमहरुले भने धेरै कम मूल्यमा टेण्डर हालेका थिए । गोर्खाली समूहले पहिलो र दोस्रो फर्म छाडेर १ करोेड ५१ लाख मूल्यमा टेण्डर हालेको सुर्य बिनायक हाउजिङबाट सञ्चय कोषसँग सम्झौंता गर्र्ने तयारी गरेको मल स्रोत बताउँछ । मासिक डेढ करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूहले दुईवटै फर्मको ५७ लाख बैंक  ग्यारेन्टी जोखिममा राखेर १ करोड ५० लाखमा सम्झौंता गरी सञ्चय कोषलाई बार्षिक २५ करोड घाटा पु¥याउने खेलमा लागेको छ ।

  स्रोतका अनुसार उक्त तेस्रो फर्म कानून बमोजिम दर्ता नभएका कारण रद्ध हुने तयारीमा छ । सो फर्ममा टेण्डर बिड गर्ने संस्थाको छाप र हस्ताक्षार समेत गरिएको छैन । उक्त फर्म यसअघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो । राणा कोषको कालो सूचिमा छन् । तेस्रो फर्मबाट काम गर्न गोर्खाली समूह अहिले राजनीतिक र प्रशासनिक लबिङ लागेर मल हत्याउने षड्यन्त्रमा जुटेको छ । गोर्खाली ८ महिना पछि अबकास पाउन लागेका नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मासँग बेला बेलामा जोडिने गर्दछन् ।

  स्रोतका अनुसार एआईजी शर्माले गोर्खालीलाई संरक्षण दिएका कारण गोर्खाली प्रहरी फन्दामा पर्न सकेका छैनन् । तीन करोड १७ लाखमा उक्त टेण्डर सम्झौंता गर्नलाई तत्काल गोर्खाली समूहलाई तिन महिनाको भाडा ९ करोड ५१ लाख र एक बर्षको बैंक ग्यारेन्टी ३८ करोड गरेर लगभग ५० करोडको जोहो गर्नु पर्ने सञ्चयकोषका एक अधिकृत बताउँछन् । गोर्खालीले उक्त रकम जम्मा गरेको खण्डमा स्रोत खोजिने भएकाले गोर्खालीलाई टेण्डर हत्याउन त्यति सहज भने छैन,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

प्रतिक्रिया

सम्बन्धित