पोखरामा फस्टाउदै गुन्डाराज, प्रहरीको चौतर्फी आलोचना

policeयदुनाथ बन्जरा  /कास्की । काठमाडौंबाट वाग्लुङको वुर्तिवाङ जादै गरेको यात्रु बसलाई ४ जना व्यक्तिहरुले अपहरण गर्ने असफल प्रयास गरेका छन् । सोमवार साँझ  करिव साढे आठ वजे पृथ्वीचोक ट्राफिक कार्यालय अगाडि बस रोकेर चालकलाई सिटबाट झारेर गाडि भगाउन खोज्दा खोज्दै प्रहरीले लुटेराहरुलाई पक्राउ गर्न सफल भएको छ । करिव ३० जना यात्रु सहितको लु १ ख ८८३७ नम्वरको बसलाई अपहरण गर्न खोज्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको पक्राउ सम्वन्धमा प्रहरी कन्ट्रोलमा सम्पर्क गर्दा एकिन जानकारी नआएको जानकारी दिए ।

  बस अपहरण गर्न खोज्दा खोज्दै पक्राउ पर्नेहरुमा झलक सुवेदी, अर्जुन ढकाल र गणेश पौडेल रहेको विस्वस्त स्रोतवाट थाहा हुन आएको छ । उनीहरुले किन वस अपहरण गर्न खोजेका हुन् भन्ने वारेमा बस चालक शिव रानाले अनभिज्ञता व्यक्त गरे । हामी संगको सम्पर्कमा उनले भने–‘मसँग  कुनै व्यक्तिगत दुस्मनी थिएन समितिको दुस्मनीका कारण त्यस्तो भएको हुन सक्छ ।’ चालक रानाले एक्कासी ३–४ जना मान्छेहरु आएर आफूलाई सिटबाट झारेर चावी खोसेर बस भगाउन खोजेको बताए ।

 धन्न प्रहरी आएर यात्रुहरुलाई बचायो । लुटेराहरुले ज्यान मार्ने धम्की दिंदै गाडी कुनै पनि बेला जलाइदिने वताएको पनि चलाक शिव रानाले बताए । लुटेराहरु रक्सी सेवन गरेर आएको प्रत्यक्षदर्शी शैलेश गुरुङले बताए । पोखराको मुटु पृथ्वीचोक ट्राफिक कार्यालय अगाडिबाटै बस अपहरण गर्ने प्रयास गरिनुले सुरक्षा चुनौती थपिएको छ । केहि दिन अगाडि मात्र पृथ्वीचोक नजिकै रहेको सभ्यता मनी ट्रान्सफरवाट हतियारधारी लुटेराले रकम लुट्न खोजेका थिए भने केहि दिन पहिलामात्र विद्यार्थी संगठनको नाममा एक ट्रक ग्यास लुटेर पिएन क्याम्पस परिसरमा लगेर वितरण गरिएको प्रकरणमा त्यसमा संलग्नलाई छानविन समेत गरिएको छैन ।

 विद्यार्थीको नाममा गरिने यस्ता अराजक कार्यशैलीलाई प्रहरीले आँखा  चिम्लने हो भने यस्ता समस्या ह्वात्तै वढ्न सक्ने भन्दै कतिपयले प्रहरी प्रशासनको आलोचना गरेका छन् । पछिल्लो समय पोखरामा गुण्डागर्दी लुटपाट, अपहरण वढ्न थालेको छ । नागरिकलाई सुरक्षा अनुभूति दिलाउन कास्की प्रहरीले विशेष सतर्कता अपनाउनु जरुरी छ । जिल्ला प्रहरी कार्यालयमा भर्खर आएका नयाँ  प्रमुख एसपी घनश्याम अर्यालले कास्की प्रहरीको कमाण्ड सम्हालेपछि शान्ती सुरक्षामा थप चुनौती देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित