फेसबुकबाट चिनजान,यौनसम्पर्क गर्न नमान्दा हत्या

Venisha-Limbuकाठमाडौं । धनकुटाबाट काठमाडौं आएर कपनमा बस्दै आएकी भेनिसा लिम्बुको हत्यामा संलग्न तीन जना परेका छन् ।  २० वर्षीय  लिम्बुको एक महिनाअघि फागुन १४ मा भक्तपुरको नगरकोटमा मृत अवस्था शव फेला परेको थियो । उनको हत्यामा संलग्न काठमाडौं बौद्धका शनि लामा, सजित लामा र मोरङ पथरी घर भई थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार सार्वजनिक गरेको हो ।  अनुशन्धानमा संलग्न प्रहरीका अनुसार राजन राई र भेनिसाबीच फेसबुकबाट चिनजान भएको सम्बन्ध निकै प्रगाढ भएपछि यस्तो घटना हुन पुगेको हो  ।

  राजन राई र मृतक भेनिसाबीच तीन महिनाअघि मात्र फेसबुकमार्फत चिनजान भएको रहेछ । गत फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र भेनिसाबीच भेट भएको थियो । भेट हुँदा उनको हत्यामा संलग्न अरु दुई जना पनि सँगै थिए । पछि राजनले भेनिसालाई फोनबाट बोलाएर लाजिम्पाट लगे । जहाँ उनको साथीको अपार्टमेन्ट थियो । अपार्टमेन्टमा राजन र भेनिसा पुग्दा शनि, सजित र अर्का एक जना पनि कोठामा थिए । उनीहरुले रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरे ।

  भेनिसासहित पाँच जना नै नशामा लठ्ठ थिए । त्यसपछि राजनसँग भेनिसाले सहमतिमै यौनसम्पर्क राखेकी थिईन् । त्यसपछि त्यहाँ रहेका तीन जना साथीले पनि यौनसम्पर्क गर्न खोजे । नमानेपछि हत्या गरे । घटना भएकै दिन उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राति १ बजेतिर फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

  महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र एसएसपी खनालका अनुसार भेनिसाले यौनसम्पर्क गर्न नमानेपछि पहिला बाथरुममा धकेलाधकेल भएको र उनी झ्यालबाट खसेकी थिईन् । ‘झ्यालबाट खसेपछि उनको त्यही मृत्यु भयो । त्यसपछि उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राति १ बजेतिर फालेका रहेछन्,’ एसएसपी खनालले भने ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित