त्रिविमा कसरी पस्यो ग्लोवल आइएमई ?

globalimeकाठमाडौं । १० वर्षे जनयुद्धका बेला जनवादी शिक्षा भन्दै माओवादीले पढ्दै गरेका धैरै विद्यार्थीलाई युद्धमा होम्यो । परम्परागत शिक्षाको विरोध मात्र गरेन, पढ्दै गरेका विद्यार्थीहरुलाई समेत प्रगतिबादी शिक्षाका नाममा युद्धमा होम्यो । तर, माओवादी सत्तामा पुगेपछि शिक्षाकै नाममा ठूलो भष्ट्राचार ग-यो भन्दा सबैलाई अचम्च लाग्ला । माओवादीले सत्ता सम्हालेपछि देशमा शैक्षिक क्षेत्रमा ठूलै परिवर्तन हुने अपेक्षा थियो ।

  तर, एमाओवादीका पहिलो शिक्षा मन्त्री दिनानाथ शर्माले नै शिक्षामन्त्री बनेपछि ठूलो भष्ट्राचार गरेका छन् । उनकै पालामा त्रिभुवन विश्व विद्यालय लगायतका शैक्षिक क्षेत्रमा नेपाल बैंक लिमिटेड लगायतका बित्तिय संस्थालाई बाइपास गरेर ग्लोवल आइएमई बैंकलाई शैक्षिक क्षेत्रमा प्रवेश गराइयो । सरकारी बैंकलाई सरकारी क्षेत्रकै बैंकबाट बाईपास गराएर ग्लोबल आइएमई भित्राएपछि अहिलेसम्म त्यो कदम घातक बनेको छ ।

    ग्लोबल आइएमईको अरबौंको हुण्डीको मुद्दा समेत शर्माले नै किनारा लगाईदिएको स्रोतको भनाई छ ।दिनानाथ शर्मा शिक्षामन्त्री बन्नु पूर्व त्रिवि लगायतका शैक्षिक संस्थामा नेपाल बैंक लिमिटेड मार्फत विद्यार्थीहरुको पैसा जम्मा हुन्थो । तर, शर्मा मन्त्री भएपछि ठूलो रकमको चलखेलपछि ग्लोवल आइएमई त्रिविमा प्रवेश गरेको हो । शर्माका गाउँले तथा आफन्त चन्द्र ढकालले उनलाई ठूलो रकम दिएपछि त्रिविबाट नेपाल बैंक लिमिटेड हटेको स्रोत बताउँछ । यतिमात्र होइन शर्माले विदेशका विभिन्न ठाउँमा अध्ययन गर्न जाने विद्यार्थीका नाममा ठूलो भष्ट्राचार गरेको खुलासा भएको छ,आजको यूनाइटेड पोस्टमा खबर छ  ।

प्रतिक्रिया

सम्बन्धित