चितवन । मानव बेचबिखन र कीर्ते गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धादिङ, मकवानपुर र झापाका तीन महिलालाई विदेश पठाइदिन्छु भनी प्रलोभनमा पारी चितवनबाट भारततर्फ लैजाने क्रममा तीन जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख सत्यनारायण थापा नेतृत्वको टोलीले उनीहरूलाई फागुन ७ गते पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । सो क्रममा एक महिलाको समेत उद्धार गरिएको छ । पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया