कालीज मार्न जाँदा बाघ देखेपछि साथीको मृत्यु

dddबनेपा : काभ्रेको दाप्चामा कालिज मार्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय अरूण लामाको साथमा रहेको कटुवा पेस्तोलको गोली लागेर काशीखण्ड नगरपालिका २ का प्रतीश तामाङको मृत्यु भएको हो । अरूणलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ । प्रतिश र अरूण फुलबारी जंगलमा कालीज मार्न भनेर गएका थिए । अरुणले प्रहरीलाई आफूहरुले जंगलमा बाघ देखेपछि भाग्ने क्रममा बन्दुक आफै पड्किएर प्रतीशलाई लागेको बयान दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित