कारबाहीमा पर्ने भएपछि संगठनविरुद्ध लाग्दै एआईजी भण्डारी

aigbhandarinकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा छानविन गरिरहेका नेपाल प्रहरीका एआईजी राजेन्द्रसिंह भण्डारी आफू कारबाहीमा पर्ने भएपछि निरन्तर संगठनविरुद्ध लागिपरेका छन् । विशेषगरी हुण्डी व्यापारी र भीओआइपी सञ्चालकहरूसँग एआईजी भण्डारी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहँदा देखी जोडिने गर्दथे । अख्तियारले भण्डारीविरुद्ध भिओआईपी मार्फत कल वाइपास गर्ने गिरोह र प्रशासनमा रहँदा हतियार, ज्याकेट, लत्ताकपडा जस्ता प्रहरीलाई आवश्यक पर्ने सामान खरिद गर्ने ठेकेदारसँग मिलेमतो गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविन गरिरहेको छ । भण्डारीले आफ्नै घर नजिक एक ठेकेदारलाई प्रतिक्षालय बनाउन लगाएको उजुरीमा समेत अख्तियारले छानविन गरिरहेको स्रोत बताउँछ ।

    अख्तियारले कारबाही गर्ने जानकारी पाएपछि एआईजी भण्डारी भने आईजीपी उपेन्द्रकान्त अर्याल र प्रहरी संगठनविरुद्ध खुलेरै लागेका छन् । आफूलाई मात्र स्वच्छ देख्ने भण्डारीले राज्यका विभिन्न निकायमा प्रहरी संगठनले नियमित गर्दै आएको काम कारबाही विरुद्ध उजुरी हाल्ने देखि दुस्प्रचारमा उत्रिएको जानकारी पाएपछि उनलाई प्रहरी मुख्यालयले समेत कारबाहीको तयारी थालेको छ,यूनाइटेड पोष्ट साप्ताहिकमा उल्लेख छ  ।

  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक वर्ष विताई आफैले रोजेको राष्ट्रिय सुरक्षा परिषद्मा सरुवापछि उनको प्रहरी संगठनसँगको सम्बन्ध लगभग टुटेको छ । प्रहरीका कुनै पनि कार्यक्रममा भण्डारी सहभागी हुँदैनन् भने उनलाई संगठनको बारेर कुनै चिन्ता नै छैन । उनलाई चिन्ता यसमा छ कि कसरी हुन्छ, आफ्ना समकक्षीलाई झुटो उजुरी हालेर फसाउने । स्रोतका अनुसार सुरक्षा परिषद्मा सरुवा भएपछि भण्डारीले एआईजी विरेन्द्रबाबु श्रेष्ठलाई फोन गरी अब आईजीपी र तिमीहरुविरुद्ध उजुरी हाल्छु भन्दै गालीगलौज गरेका थिए । सोही कुराको अहिले पुष्टि भएपछि भण्डारीमाथि प्रहरी मुख्यालयले पुनः छानविन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित