गोलीसहित पक्राउ परेका लामाबिरुद्द टेकुमा अनुसन्धान

????????????????????????????????????

काठमाडौं । १४ थान गोलीसहित पक्राउ परेका एकीकृत नेकपा माओवादी सांसद ल्हारक्याल लामालाई महानगरिय प्रहरी परिसर टेकुले अनुसन्धान थालेको छ   । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहँदा  इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको थियो ।अख्तियार टोलिले बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला पारेको थियो  । गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । अख्तियारले लामालाई हातहतियार खरखजाना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीको जिम्मा लगाएको छ ।लामा बिबादास्पद ब्यक्ति हुन ।

प्रतिक्रिया

सम्बन्धित