तीन जिल्लामा इन्धन भण्डार बनाउने प्रस्ताव गर्न ओलीलाई एमालेको सुझाव

Nepal-china-flagकाठमाडौं नेकपा एमालेले नेपालका विभिन्न तीन जिल्लामा इन्धन भण्डारण डिपो बनाउनेबारे चीनसमक्ष प्रस्ताव राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । चैत ७ गते चीन भ्रमणमा जान लागेका प्रम ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न आइतबार एमाले स्थायी कमिटीको बैठक बसको थियो । बैठकले दुई देशबीचको सम्वन्ध प्रगाढ बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई सुझाव दिएको छ । बैठकले काभ्रेको पाँचखाल, नुवाकोटको बट्टार र तनहुँको आँबुखैरेनीमा इन्धन भण्डारण डिपो बनाउने प्रस्ताव राख्न सुझाव दिएको छ । एमालेले इन्धन, ग्याँस र नुनजस्ता अत्यावश्यक वस्तुको सहज आपूर्तिबारे छलफल गर्न पनि सुझवा दिएको छ । एमालेले चीनसँग ट्रान्जिट सम्झौता गर्न पनि सरकारलाई सुझाव दिएको छ । साथै चत्रपथ विस्तार, पश्चिम सेती जलविद्युत आयोजना निर्माणको गति सुस्त भएको भन्दै ध्यानाकर्षण गराउने लगायतका सुझाव दिइएको सचिव योगेश भट्टराईले जानकारी गराए । पाँचखालमा सेज’ को पूर्वाधार बनाइदिने प्रस्तावका लागि उद्योग मन्त्रालयले परराष्ट्रलाई प्रस्ताव पत्र पठायो प्रधानमन्त्री ओलीको चीन भ्रमणमा काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) को पूर्वाधार बनाइदिने प्रस्ताव गर्न उद्योग मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको छ । प्रस्तावित पाँचखाल सेजको पूर्वाधार विकासमा चीनसँग प्राविधिक तथा आर्थिक सहयोगको प्रस्ताव गरिदिनुपर्ने उद्योग मन्त्रालयको आग्रह छ । यसअघि तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा पनि पाँचखालमा सेज निर्माणका लागि सहयोगको प्रस्ताव गरेका थिए । ‘पाँचखालको होक्से गाविसमा सेजका लागि करिव एक हजार रोपनी जमिन छुट्याइसकिएको छ । सेजको प्राम्भिक अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम सकिएको छ । सरकारले भैरहवामा यस्तैखालको सेज उद्घाटन गरिसकेको छ । भैरहवापछि दोस्रो प्रथमिकतामा पाँचखाल सेजलाई राखिएको छ । यसबाहेक सिमरा, कपिलवस्तु, नेपालगन्ज, झापा, रौतहट, धनगढी, नुवाकोट, विराटनगर, जुम्ला, रौतहट, धनुषा र गोरखाको सेजका लागि प्रारम्भिक अध्ययनको काम मात्रै सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित