राजधानीमा आजदेखि ३९ वटा मेट्रो बस सञ्चालनमा
बस चढ्न कुर्न नपर्ने काठमाडौं राजधानीमा आजदेखि सुविधासम्पन्न मेट्रो बस सञ्चालनमा आएको छ । १६ करोडको लगानीमा महानगर यातायात प्रालिले ३९ वटा बस सञ्चालनमा ल्याएको हो । काठमाडौंको बनस्थलीमा दिउँसो २ बजे विशेष कार्यक्रम गरी बस संचालनको सुरुआत गरिएको महानगर यातायात प्रालिका सन्तोष खतिवडाले जानकारी दिए । बस चलेपछि उपत्यकामा भद्रगोल ट्राफिक व्यवस्थापनमा केही सहज हुने अनुमान गरिएको छ। बसले चक्रपथ परिक्रमा गर्ने छ । बससहित लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एप्स पनि आजैबाट संचालनमा ल्याउने व्यवसायीहरुले बताएका छन् । जुन एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्छन् । बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस आउने समय पत्ता लगाएर बस स्टपमा जान सकिने महानगर यातायात प्रालिले जनाएको छ।बसमा उपलब्ध निशुल्क वाइफाइ तथा टेलिभिजनको सुविधा पनि रहेको छ ।
प्रतिक्रिया